






काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमणबाट २२ लाख ९ हजार १९५ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ९८६ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख १ हजार ९३० संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा १० करोड २० लाख ८३ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।






प्रतिक्रिया दिनुहोस्