site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तुलसीपुरमा सुरु भयो प्रधानमन्‍त्री रोजगार कार्यक्रम
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका १३ र १४ अकमी जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । वडा १३ वाट एक सय २५ जनाको नाम सूचीकृत भए पनि पहिलो दिन ८६ जना काममा आएका छन् । अहिले आठ मिटर रहेको उक्त सडकलाई १२ मिटर बनाउने गरी काम भइरहेको छ । सोही सडक रोल्पाबाट बिजौरी हुँदै सिमलसोता जोड्ने सडक हो । जुन सडक राजमार्ग जोड्ने दाङको वैकल्पिक मार्गका रुपमा लिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै अब तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्यक्रम सुरु हुने उपमहानगरपालिका प्रमुख पाण्डेले बताए । उनका अनुसार यस आव ०७७/७८ मा तुलसीपुरबाट ५०४ जनाले रोजगारी पाउने भएका छन् । उनीहरुलाई एक सय दिनको रोजगार प्रदान गर्न लागिएको प्रमुख पाण्डेले बताए ।

“यस वर्ष तुलसीपुरमा करिब २२ सयले रोजगारका लागि फाराम भर्नुभएको थियो,” उनले भने, “तीमध्ये न्यून आय भएका, अत्यन्त गरिब परिवार छनोट गरेर पाँच सय चारजना छनोट गरिएको छ ।”उनीहरुलाई एक सय दिन रोजगार प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक किरण गौतमले बताए । उनका अनुसार यसपटक उनीहरुको पारिश्रमिक सीधै बैंक खातामा राखिने भएको छ । यस वर्ष संघीय सरकारबाट प्रधानमन्त्री रोजगारका लागि तुलसीपुरमा दुई करोड ५२ लाख रुपैयाँ आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC