site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कमलपोखरी प्रहरी बिटमा महानगरको डोजर ! (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको डिलमा भएका संरचना भत्काएको छ । महानगरले कमलपोखरी स्पोर्टस् क्लब, राधेराधे सत्सङ भवन र प्रहरी बिटको भवन हटाउन डोजर चलाएको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बाह्रखरीसँग भने, “त्यहाँ भएका भवनहरुले कमलपोखरीको शोभा दिँदैनन् ।” डंगोलका अनुसार कमलपोखरीलाई पुरानै अवस्थामा लैजान पोखरी आसपासमा भएका संरचना भत्काइएको हो ।

पोखरी वरिपरि भएका संरचना भत्काउनेबारे निणय एक वर्ष पहिले नै भएको थियो । केही समययता अभियन्ताहरुले पोखरीमा कंक्रिटको प्रयोग भएको भन्दै विरोध गरेका थिए । अभियान्ताहरुले उक्त पोखरी पुरानै तरिकाले बनाउनुपर्ने माग महानगरका मेयरसामु गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अनुमोदन भएको गुरुयोजनाअनुसारै पोखरी बन्छ,” प्रवक्ता डंगोलले भने, “स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा अभियन्ता बसेर बनेको नक्साअनुसार नै कमलपोखरी बन्छ ।”

एक वर्ष अघिदेखि नै सम्बन्धित निकायका सबैलाई राखेर निर्णय भएअनुसारकै काम हुँदै गरेको प्रवक्ताको भनाइ छ । त्यतिबेला बनेको ‘मास्टर प्लान’ अनुसारै काम हुँदै गरेकाले यो विषयमा विवाद गर्न आवश्यक नभएको दाबी उनको छ ।

Global Ime bank

यता अभियन्ताहरु भने कमलपोखरीमा कंक्रिट नभएर मौलिकता झल्कनुपर्ने बताउँछन् । हालको योजनाअनुसार पोखरीको मध्यभाग सिमेन्टको कमल (कमलको फूलको प्रतिमा) बनाइनेछ । अभियान्ताहरुले भने उक्त पोखरीलाई प्राकृतिक रुपमा नै रहन दिनुपर्ने बताएका छन् ।

अभियन्ता विराजभक्त श्रेष्ठ भन्छन्, “महानगरले बनाएको महानगरको मास्टर प्लान नै गलत छ । जसमा जैविक विविधतालाई ध्यान दिइएको छैन । काठमाडौंभरका मानिसलाई खुला क्षेत्रको नमुना देखाउन सकिने कमलपोखरीलाई अप्राकृतिक रुपमा सिमेन्टले बनाइँदै छ ।” उनले भावी पुस्ताले पनि ‘पोखरीलाई पुनर्निर्माण गर्दा धेरै सोचेर बनाएको रहेछ’ भन्ने गरी बनाउनुपर्ने सुझाव दिए ।

कमलपोखरी नक्साल, डिल्लीबजार, पुतलीसडक आसपासका क्षेत्रको जमिन रसिलो बनाउने स्रोत हो । भित्री जमिन सुक्खा हुँदा काठमाडौंका केही भाग भास्सिने गरेका छन् ।
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


-तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC