site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘चालकको लापरबाहीले’ सवारी दुर्घटना बढ्दै, काठमाडौंमा दैनिक २१ दुर्घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । काँडाघारीस्थित हरहर महादेव मन्दिरबाट मूलपानीतर्फ गइरहेको बा९३प ३३१० नम्बरको मोटरसाइकल एक घरको भित्तामा ठोक्किँदा सिन्धुलीका ३१ वर्षीय निराजन बरालले ज्यान गुमाएका छन् । बरालको ट्रमा सेन्टरमा गए राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट लेन मिचेर आएको बा५ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किन पुगेको थियो ।

यसैगरी, नयाँ बसपार्क सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाले ज्यान गुमाएकी छन् । लमजुङकी सुनमाया गुरुङले ज्यान गुमाएकी हुन् । गोंगबुबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बा८७प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यही माघ १५ गते लोकन्थली–कोटेश्वर सडकखण्डमा बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भयो । दुर्घटना भएको केही समयपछि प्रहरीले चालकको लापरबाहीले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै, माघ ७ गते थानकोट–कलंकी सडकखण्डमा दुईवटा मोटारसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भए । माघ ६ गते कीर्तिपुर–बल्खु सडकखण्डमा ना७ख २२०९ नम्बरको ट्यांकरले बा५७ख ३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए ।

Global Ime bank

यी सबै सवारी दुर्घटना हुनुमा सवारी चालककै गल्ती देखिएको पाइन्छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको दाबी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ८० प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही तथा कमजोरी देखिएको जनाएको छ । महाशाखाका प्रमुख जनक भट्टराई चालकले ट्राफिक नियम पालना गरे ९० प्रतिशत सवारी दुर्घटनामा नपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘‘ट्राफिक नियमको पूर्ण पालन गर्ने हो भने दुर्घटना घट्छ । मुख्यगरी चालकको लापरबाही, तीव्र गति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक,  पैदलयात्रीको लापरबाही, छाडा चौपायाजस्ता कारणले दुर्घटना निम्तिने हो । प्राविधिक कमजोरी भए पनि सवारीचालक सचेत रहनैपर्छ । सडक र सवारी–साधनलाई दोष दिएर आफ्नै जीवन क्षति हुने हो । ट्राफिकको अध्ययनले दुर्घटनामा चालकलाई मुख्य दोषीका रुपमा खडा गरिदिएको छ ।’’

उपत्यकामा प्रत्येक दिन २१ सवारी दुर्घटना 
काठमाडौं उपत्यकामा प्रत्येक दिन औसतमा २१ वटा सवारी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । ती दुर्घटनामा परी दैनिक दुईदेखि पाँचजनाले ज्यान गुमाउने गरेका छन् । सवारी दुर्घटनाबाट हुने मानवीय र धनजनको क्षति कहालीलाग्दो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अध्ययन नै नहुने बताउँछन् । उनले भने, ‘‘चालकलाई मात्र दोष दिन हुँदैन । हवाई दुर्घटनाकोजस्तो तथ्यांक संकलन गरिनुपर्छ । तर, यो हुन सकिरहेको छैन । दुर्र्घटना बढ्नुमा चालकलाई दोष दिनुभन्दा चालक अनुमतिपत्र वितरण प्रणाली नै परिवर्तन गर्नुपर्छ । चालकको स्वास्थ्य परीक्षणदेखि सडकको अवस्था, चौपाया, हुस्सु/कुहिरो, यात्री सबैको गल्ती हुन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटनामा दैनिक २४ वटा सवारी–साधनको संलग्नता देखिने गरेको छ । त्यसमध्ये बस मिनिबस र माइक्रोबस दुर्घटनाको संख्या मोटरसाइकलपछि दोस्रो स्थानमा रहेको छ । क्षति व्यहोर्नुपर्दाको पीडा परिवार र व्यवसायीलाई मात्रै थाहा हुन्छ ।’’

उनले थपे, ‘‘सवारीचालक अनुमतिपत्र वितरणदेखि सवारीचालकको स्वास्थ्य परीक्षण, सवारी परीक्षण, स्थलगत अनुगमन, छानबिन प्रक्रिया अघि बढाउन जरुरी छ । यस विषयमा जिम्मेवार र पारदर्शी हुन जरुरी रहेको छ ।”

बढ्दै सवारी दुर्घटना  
आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मको तीन वर्षको सवारी दुर्घटनाको तथ्यांक अध्ययन गर्दा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दै गएको देखिन्छ । ०७५/७६ मा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका छन् । त्यसमा दुई हजार ७८९ जनाको मृत्यु भएको थियो भने चार हजार ३७६ जना घाइते भएका थिए ।

०७६/०७७ मा १५ हजार ५५४ सवारी दुर्घटनामा परेका थिए । जसमा दुई हजार २५५ जनाको मृत्यु भएको थियो । चार हजार ६७७ जना घाइते भएका थिए । २५ हजार सवारी–साधनमा क्षति पुगेको थियो ।

चालु आर्थिक वर्षमा चार हजार ९६० सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा ८९ जनाको मृत्यु भएको छ । तीन हजार ६६९ जना घाइते भएका थिए । ८१३ सवारी–साधनमा क्षति पुगेको  थियो ।

हरेक वर्ष सवारी दुर्घटना बढ्दो गतिमा छ । यातायात व्यवस्था विभागले भने सडक विस्तार र सवारी चापका कारण दुर्घटना बढेको दाबी गर्दै आएको छ । विभागका प्रमुख गोगनबहादुर हमालले भने, ‘‘चालकलाई प्रशिक्षण पनि छैन । सडक र सवारीका विषयमा ऐन कानुन छन् । तर, प्रभावकारी भने हुन सकेको छैन ।’’

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC