site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण विदेशमा थप तीनजना नेपालीको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा तीनजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० पुगेको छ ।

Agni Group

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भइसकेका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

Global Ime bank

साक्षरतासम्बन्धी निर्देशिका जारी
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषयहरु समेटिएका छन् ।

स्वास्थ्य समितिले छिट्टै स्वास्थ्यसम्बन्धी एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।

प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC