site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दरबार हाइस्कुुल सधैँ खुला !
Sarbottam CementSarbottam Cement

काठमाडौँ । भानु मावि उर्फ दरबार हाइस्कुलमा आजबाट पूर्ण रुपमा भौतिक रुपमा कक्षा सञ्चालनमा आएको छ । भूकम्पपछि स्कुल परिसरमै टहरामा पढाइरहेको विद्यालय पछि वाल्मीकि क्याम्पसको परिसरमा अल्पकालीन सिकाइ केन्द्र (टीएलसी)मा परिणत भएको थियो ।

भूकम्पले भवन भत्के पनि विद्यालय आजको मितिसम्म एकदिन बन्द नभएको निमित्त प्राध्यानाध्यापक अखिलेष आजादले बाह्रखरीसँग बताए । लकडाउनमा समेत अनलाइनमा कक्षा–१ देखि १० सम्म पढाइ भइरहको उनको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, गएको कात्तिकमै भवन उद्घाटन भएपछि विद्यालय वाल्मीकिबाट मूल भवनमै सरेको थियो । त्यसपछि भौतिक रुपमै विद्यालयमा यही माघ ४ गतेदेखि १२ गतेसम्म जाँच भएको थियो । नर्सरीदेखि कक्षा–१० सम्म पढाइ हुने दरबार हाइस्कुल चीन सरकारको पूर्ण सहयोगमा निर्माण भएको हो ।

हाल उक्त स्कुलमा ३१४ जना विद्यार्थी छन् । नयाँ भौतिक संरचना र पूर्वाधारसँगै विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढीरहेको निमित्त प्राध्यानाध्यापक आजादले बताए । उनी भन्छन्, “बाहिरबाट हेरेर दरबार भव्य देखे पनि भित्र कोठा धेरै छैनन् । ६०० भन्दा बढी विद्यार्थी धान्न सकिन्न ।”

Global Ime bank

यस्तै, विद्यालयको आधा हिस्सामा संस्कृत माध्यमिक विद्यालय चलिरहेको छ । विद्यालयको आफ्नै खेल्ने मैदान छैन । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद मैदानलगायत अतिरिक्त प्रतिभा अभ्यास गर्ने व्यवस्था भए पनि अहिले ती सबैको प्रयोग गर्न सम्भव नभएको विद्यालयले जनाएको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC