site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टीकापुरका २९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता
Ghorahi CementGhorahi Cement

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नम्बर–१ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा जस्तापाता लगाइने भएको छ । त्यस्तै, वडा नम्बर–५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नम्बर वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।

Agni Group

‘‘नगरभरि ४०४ घर खरको छाना भएका तथ्यांक पाएका छौँ । हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ,’’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘तीमध्येबाट एकल महिला, अपांगता भएका तथा अतिविपन्न आय–आर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।’’

उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताए । ‘‘नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो । तर, म अनुगमनमा जाँदा एकल महिला, अपांगता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन,’’ उनले भने, ‘‘यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।’’

Global Ime bank

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले ४८ हजार रुपैयाँसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि सुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । संघीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नम्बर–७ की ज्येष्ठ नागरिक माता विक निकै खुसी भएकी छन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिइन् । ‘‘भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षात्मा कहाँ जाउला भन्ने चिन्ता थियो,’’ ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनिन्, ‘‘अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।’’

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुसी छिन् । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । ‘‘खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न बाध्य थिएँ,’’ उनले भनिन्, ‘‘अब घर मर्मत हुने भयो, किन खुसी नलागोस् ।’’ रासस

तस्बिरः फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC