देश
काठमाडौं । आज ६८औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपाल सरकारले सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर तराईका १६ जिल्लामा बर्सेनि तीन हजार कुष्ठरोगका बिरामी भेटिने गरेको नेपाल कुष्ठरोग निवारण संस्थाले जनाएको छ । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।
कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को संक्रमणबाट गर्दछ ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७ ०९:०१
प्रतिक्रिया दिनुहोस्