site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड-१९ खोपबारे केही रोचक तथ्य, परीक्षणकालमै ४ वटा अस्वीकृत
Ghorahi CementGhorahi Cement

काठमाडौं । सामान्यत: कुनै पनि रोगविरुद्धको खोप प्रयोगका लागि तयार बनाउन कम्तीमा १० देखि १५ वर्षसम्म लाग्छ । यो अवधिमा खोपलाई पाँच चरणमा विकास गर्नुपर्ने हुन्छ भने मनिसमा तीनवटा चरणमा परीक्षण गर्नुपर्ने हुन्छ ।

कोभिड-१९ विरुद्धको खोप आपत्‌कालीन प्रयोगमा ल्याउनुपर्ने भएकाले यसको विकास नौ महिनामा गरिएको थियो । खोप उत्पादन सुरु हुँदादेखि प्रयोगमा आउँदासम्मको अवधिका केही तथ्य यस्ता छन् ।

१. कोभिड १९ विरुद्धको खोप हालसम्मकै सबैभन्दा कम समयमा विकास भएको खोप हो अहिलेसम्मको अध्ययनमा सबैभन्दा कम अवधिमा विकास भएको यो पहिलो खोप हो । यसअघि सन् १९६७ मा रुबेलको खोप ४ वर्ष लागएर विकास गरिएको थियो ।

Agni Group

२. कोभिड १९ विरुद्धको खोप विकास गर्न १०० भन्दा बढी अध्ययन भएका थिए । यसको अध्ययनको सुरुवात मार्च ३० सन् २०२० मा अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागबाट भएको थियो ।

३. कोभिड १९ विरुद्ध विकास भएको पहिलो खोप फाइजर र दोस्रो मोर्डना खोपका लागि पहिलो लगानी जर्मन सरकारले गरेको थियो । पछि विभिन्न देशको अर्थिक सहयोगमा यी खोप विकास भए ।

Global Ime bank

४. कोभिड १९ विरुद्धको खोपको प्रि-क्लिनिकल ट्रायल बाँदरमा गरिएको थियो । अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएको गाइडलाइनअनुसार मानिससँग मिल्ने जनावरमा प्रि-क्लिनिकल परिक्षण गर्नुपर्ने भएकाले बाँदरमा गरिएको हो । चीनले १६ अप्रिल २०२० मा केही बुढा बाँदरहरूमा खोपको परिक्षण गरिएको थियो ।

५. सामान्यत: खोपहरू मानिसको पाखुरा, नाकमाथि या नसामा दिइन्छ । त्यसमध्ये अधिकांस देब्रे पाखुरामा लगाइन्छ । पाखुराबाट रगत प्रवाह राम्रोसँग हुने र सबैतिर पुग्न सजिलो हुने भएकाले यसो गरिएको हो गरिएको हो । कोभिड-१९ विरुद्धको खोपको केही साइड इफेक्ट भइहाले धेरै असर नपरोस् भनेर देब्रे पाखुरामा दिने गरिएको हो ।

६. कोभिड १९ विरुद्धको खोप विकासका लागि दर्ता भएका ९५ वटा खोप परीक्षणको दायरामा आएकामध्ये चारवटा पहिलो चरणको परीक्षणबाटै अस्वीकृत भएका थिए । बेलायत, अस्ट्रिया र अस्ट्रेलियाका विभिन्न कम्पनीले उत्पादन गरेका ती खोप पहिलो चरणको परीक्षणमै मानिसको शरीरमा संक्रमण, एलर्जीलगायत नकारात्मक असर देखाएपछि विश्व स्वास्थ्य संगठनले उत्पादन अस्वीकृत गरेको थियो ।

स्रोत : डब्ल्युएचओ, एफडीए र भ्याक्सिन ट्रयाकर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC