site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आगलागीमा परी दुईजनाको मृत्यु
Ghorahi CementGhorahi Cement

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाति सुगम र चार वर्षीया नातिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

Agni Group

माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतीकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC