site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख विस्थापित
Sarbottam CementSarbottam Cement

संयुक्त राष्ट्रसंघ । अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कंगोमा विस्थापित भएका छन् । प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजारजना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौँ मानिस विस्थापित भएका छन्,’’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने । राजनीतिक विवाद र हिंसात्मक द्वन्द्वका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन् । तीमध्ये महिला र बालबालिकाको संख्या पनि धेरै रहेको उनले बताए ।

हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी, उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफैँ समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाइ छ ।

Global Ime bank

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने्सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । रासस/सिन्ह्वा
फाइल तस्बिरः युएनएचसीआर ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC