site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँचजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

हवाना । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चालकदलका सदस्यसहित सबै पाँच यात्रीको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँचजनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

क्युवामा यसपहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रीको मृत्यु भएको थियो भने एकजनालाई जीवितै उद्धार गरिएको थियो । त्यसपहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC