site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधिका लागि एपीएफलाई २१२ रनको लक्ष्य, हरिको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरि चौहानको अर्धशतको मद्दतमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली एपीएफलाई चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधिका लागि २१२ रनको लक्ष्य सुम्पको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१२ रनको लक्ष्य दिएको हो । 

आर्मीका लागि वान डनमा मैदान प्रवेश गरेका हरिले ५८ रनको अर्धशतकीय पारी खेलेका हुन् । उनले १०२ बलमा ६ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेका हुन् । ओपनर गएका सुशन भारी नवौं ओभरको अन्तिम बलमा पेभिलियन फर्किएपछि उनको स्थानमा हरि मैदान प्रवेश गरेका थिए । उनी अभिनास बोहराले फालेको ४७ औं ओभरको पहिलो बलमा कमल ऐरीको हातबाट क्याचआउट हुन पुगेका थिए । भारीले आर्मीका लागि १३ रनको योगदान दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै दोस्रो विकेटको रुपमा आर्मीले अनित मण्डललाई गुमाएको थियो । टोलीको ३२ रन हुँदा दशौं ओभरको पहिलो बलमा मण्डल अर्मीको दोस्रो विकेटको रुपमा पेभिलियन फर्किएका थिए । ११ रनमा खेलीरहेको मण्डल अभिनास बोहराको बलमा आसिफ सेखको हतबाट क्याचआउट भएका थिए ।

तेस्रो विकेटको रुपमा भिम सार्की ७ रनमा आउठ हुन पुगे । त्यसपछि मैदान आएका रोशित पैडेलले १३ रनको योगदान दिए । उनी भुवन कार्कीको बलमा लामो सट खेल्ने चक्करमा अमर रौटेलाको हातबाट क्याचआउट भएका थिए ।
कप्तान विनोद भण्डारी ७ रनमा एलबीडब्लु आउट हुँदा, उनको स्थानमा राजेश पुलामी मैदान प्रवेश गरेका थिए । पुलामीले हरिसँग ४४ रनको साझेदारी गरेका थिए । किशोर महतोको बलमा बोल्ड आउट हुन पुगेका पुलामीले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २८ रनको योगदान दिएका थिए । ९ बल खेलेका लोकश बमले २ चौकासहित १५ रन जोड्दा बिक्रम सोबले ११ रन जोडे । 

Global Ime bank

साहब आलमले रनको योगदान दिए । उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रनको अविजित पारी खेलेका हुन् । त्यस्तै जितेन्द्र मुखिया शून्य रनमा अविजित रहे । 

बलिङतर्फ एपीएफका लागि मेडियम फास्ट बलर अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दा दुई ओभर मेडन फाल्दै २५ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै किशोर महतोले दुई तथा कमल ऐरी, भुवन कार्की र कप्तान शरद भेसावरले एक एक विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC