site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राज्यको सबैभन्दा बलियो आधार जनविश्वास हो । जनताको विश्वास गुम्यो भने राज्यको जगै कमजोर हुन्छ । सरकारको व्यवहारबाट राज्यप्रति जनधारणा निर्माण हुन्छ । नेपालको इतिहासमा सरकारप्रति जनताले सम्भवतः अहिले सबैभन्दा बढी अविश्वास गर्छन् । विशेषगरी कोभिड-१९ को महामारीमा सरकारले जनताको कष्ट र समस्याप्रति देखाएको उदासीनता एवं गरेको भ्रष्टाचारले अविश्वासको मात्रा निकै बढाएको छ । सायद कास्कीका एक व्यवसायीको ‘सरकारबाट सहायता पाउने आशा नै नभएको’ भन्ने धारणा सरकारको त्यही उदासीनताले उब्जाएको हो । बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, दुग्ध व्यवसायीबीच गरेको अन्तर्क्रियाका एक जना सहभागीको सरकारप्रतिको धारणा प्रतिनिधिमूलक उदाहरण हो । 

सामान्य अवस्थामा जनजीवन स्वचालित हुन्छ । सरकारले टाढैबाट निगरानी गरिदिए पुग्छ । सरकारले नागरिकको जीवनमा जति कम हस्तक्षेप गर्छ उति नै आदर्श राज्य ठहरिन्छ । संकटका बेलामा भने नागरिकले राज्यको सहयोगको अपेक्षा गरेका हुन्छन् । जीवन यापनका क्रममा आइपर्ने कठिनाइमा सरकारबाट सहयोग र सहुलियत पाइने आशा गर्छन् । कोभिड-१९ को महाव्याधि संसारभर संकटका रूपमा प्रकट भयो । संसारका सबैजसो मुलुकमा बन्दाबन्दी र बिरामीका कारण जीवनयापनमै समस्या भएका नागरिकलाई सरकारहरूले विशेष सहयोग गरे । बन्दाबन्दीका कारण व्यवसायमा परेको प्रतिकूल प्रभाव कम गर्न सरकारहरूले सहयोगका ठूला कार्यक्रमहरू सञ्चालन गरे । राज्यको ढुकुटीबाट विश्वव्यापीरूपमा जनतालाई यति ठूलो राशिको प्रत्यक्ष सहयोग इतिहासमै पहिलो पटक उपलब्ध गराइएको हुनुपर्छ । दुर्भाग्य, नेपाली जनताले सरकारबाट त्यस्तो सहयोग र भरथेगको अनुभव गर्न पाएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकको विश्वास गुमाएको सरकार दिगो र लाेकतान्त्रिक हुनसक्तैन । निर्वाचित हुँदैमा सरकार स्वतः लोकतान्त्रिक भइहाल्ने होइन । कोभिड-१९ को संकटलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले भने सत्ता निकटका व्यवसायी पोस्ने अवसरका रूपमा लियो । बन्दाबन्दीपछि जनजीवन अस्तव्यस्त हुँदा सरकारले जनताको पीरमर्काको उपेक्षा गर्‍यो । सामान्य जनताले जसोतसो गुजारा चलाए पनि कैयौं कमजोर र असहायले अकालमा ज्यान गुमाए । यस्तै रिनधन गरेर व्यवसाय गर्ने हजारौंको व्यवसाय डुब्यो भने लाखौंको रोजगारी गुम्यो । नेपाल सरकारले भने महामारीको सहयोगका नाममा पहुँचवालाको हितमा नीति बनाएर बस्यो । सरकारले घोषणा गरेको सहयोग पनि पाउन नसकेर किसान वा साना व्यवसायीले व्यवसायसमेत कौडीका भाउमा बेच्नु परेको पोखराका व्यवसायीको गुनासाेले सरकारी विफलताको पोल खोल्छ । अब पनि सरकारको आँखा नखुल्ने हो भने जनताको राज्यप्रतिको विश्वास समाप्त हुनसक्छ । त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ । चुनावी सरकारले नयाँ नीति र कार्यक्रम घोषणा गर्न नमिले पनि घोषित सहायताको कार्यान्वयन सहज बनाउन त कुनै बाधा नपर्ला । यसैगरी राज्यले दिने अनुदान पनि निष्पक्षरूपमा वितरण भएमा किसान र साना व्यवसायी तंग्रिन सक्थे । सरकारको अकर्मण्यताले नागरिकमा राज्यप्रति वितृष्णा उत्पन्न हुन नदिन त कम्तीमा शासकको ध्यान जाओस् !   

 

Global Ime bank

 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC