site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तक परिचय : एक ज्यान दुई जुनी 
Sarbottam CementSarbottam Cement

एक ज्यान दुई जुनी 
(आत्ममन्थन : देवेन्द्रराज पाण्डे)

नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको नाम आफैमा सिङ्गो परिचय हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील पाण्डेको भरखरै प्रकाशित पुस्तक हो ‘एक ज्यान दुई जुनी’ । जसमा डा. देवेन्द्रराज पाण्डेको जीवनको कथा, व्यथा, कर्मशीलता र खबरदारिताका अनेकानेक विषयवस्तु समेटिको छ । 

काठमाडौंको पाण्डे परिवारका देवेन्द्रराज पाण्डेको जीवन सामान्य मानिसझैँ सरकारी सेवाको सुरुआतबाट भयो । २०१७ चैतदेखि उनको निजामति सेवाको दैनिकी सुरु भयो । उतिखेर सरकारी जागिर धेरैको चाहना हुन्थ्यो । किनकी सरकारी सेवा इज्जतिलो पनि थियो । यसरी पाण्डेको शाखा अधिकृत पदबाट सुरु जागिरे यात्राले उच्च पद सचिवसम्म पुगेर विश्राम लियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जीवनका कैयन पाटो पाण्डेको ‘एक ज्यान दुई जुनी’  आत्ममन्थनमा भेटिन्छ । जागिर खाएको १८ वर्षमा अवकास लिएका देवेन्द्रराज पाण्डे २०४६ साल पछिको राजनैतिक परिवर्तन उप्रान्त बनेको अन्तरिम मन्त्री मण्डलमा अर्थमन्त्रीको जिम्मेबारीमा रहे । 

त्यस पछिको समयमा उनको दायित्व अधिकारकर्मी, नागरिक आन्दोलनका अगुवाकोरूपमा रहन गयो, जुन आजपर्यन्त कायम छ । आज पनि सामाजिक सञ्जालमार्फत् प्रतिगमनका विरुद्धमा खरो आवाज उठाउँदै आएका छन्, डा. पाण्डेले ।
‘काठमाडौं सम्भ्रान्त’, शीर्षकबाट सुरु भएको पाण्डेको आत्ममन्थनमा अन्य शीर्षकहरूमा उनको आरोह अबरोह समेटिएको छ । ‘असफल निजामती कर्मचारी ?’, ‘अर्थशास्त्रमा डिग्री नभएको अर्थविद्’, ‘अध्ययन सीमित उपाधि बुद्धिजीवी !’, ‘राजनीतिक मैदानमा गैरराजनीतिक खेलाडी’, ‘राजा, बहुदल, माओवादी’सहित एक दर्जन अध्यायमा डा. पाण्डेको जीवनका आरोह अवरोह प्रस्तूत छ । 

Global Ime bank

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको ३१० पृष्ठको आत्ममन्थन पुस्तक ‘एक ज्यान दुई जुनी’ को मूल्य ७६० रुपैयाँ रहेको छ ।

० ० ०

आलोचनात्मक भूमिकाहरू 
(भूमिकासंग्रह : प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’)

पुस्तकहरूमा भूमिका लेखिन्छ । कतिपय पाठकले पुस्तकको मूल अध्याय थाल्नुपूर्व भूमिकाको पढाईमा पनि जोड दिँदै आएका छन् । यद्यपि, अचेल कृतिमा भूमिकाको प्रचलन हराउँदै गएको छ ।

प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले पनि लेखनका क्रममा अनगिन्ती भूमिका लेखे । वरिष्ठ पत्रकार भैरव रिसालको कृतिदेखि मिचिहिरो नारिताका कृतिहरूमा उनले भूमिकालेखेर कृतिका यावत पक्ष र सन्दर्भको साङ्गोपाङ्गो चिरफार गरेका छन् ।
‘भूमिका भन्ने वित्तिकै त्यसमा प्रशंसा मात्रै हुन्छ, आलोचना हुँदैन भन्ने कुरालाई यस कृतिमा संकलित भूमिकाले निरर्थक सावित गरिदिएको छ ।’

यो विचार हो, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको, जुन पुस्तकमा समावेस छ । भूमिका लेखनले सम्बन्धित कृतिका विशेषताका साथै कमी कमजोरी पनि देखाइदियो भने मात्रै त्यस स्रष्टाले आफूलाई आफ्नो लेखनीलाई सुधार्दै लैजान सक्ने उप्रेतीको दृष्टिकोण छ ।

‘प्रेक्षित’को यस भूमिकासंग्रहमा २१ वटा भूमिकाहरू सगृहीत छ । जस्मा वरिष्ठ पत्रकार भैरव रिसालको कृति ‘नेपाली वाङ्मयका तीन तारा’, विजय चालिसेको ‘बालकथाहरू’, रंगनाथ जोशीको ‘राम्रो जापान’, साथै जीवराज पाण्डेय, हरिप्रसाद पाण्डेय, रूपबहादुर परियार, नारायण पोखरेललगायतका अन्य कृतिहरू माथि लेखिएका भूमिका आलोचनात्मक भूमिकामा संगृहीत छ ।

मकालु प्रकाशन गृहले प्रकाशनमा ल्याएको १२८ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपैयाँ राखिएको छ ।

० ० ०

कोरोनाभाइरस विरुद्ध चीनको लडाइँ
(दैनिक अभिलेख : अनुवाद सुन्दरनाथ भट्टराई)

सन् २०१९ को डिसेम्बर महिनाको एउटा दिनले सिङ्गो मानवजातिलाई जीवन पर्यन्त नबिर्सिनेगरी दिएको कोरोनाभाइरस (कोभिड–१९)ले सारा विश्वलाई आक्रान्त बनायो । चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसले विश्वलाई ‘बन्दाबन्दी’को स्थितिमा पुर्यायो । विश्वभरि एकसाथ कफ्र्यु लागेजस्तो सुनसान छायो । सडक सुनसान, मुलुक सुनसान, विश्व सुनसान ः जस्को कल्पनासमेत पनि कसैले सायद गरेका थिएनन् ! एउटा कहालीलाग्दो अवस्था सिर्जना गरेको थियो । त्यो कहालीलाग्दो अवस्था भोग्न बाध्य थिए विश्वका सबै । 

आज विश्व सामान्यरूपमा आउँदै गरेको भएतापनि त्रास भने यथावत छ ।

चीनबाट फैलिन सुरु कोरोनाभाइरसको प्रकोपले चीनलाई समातेपछिका परिस्थितिहरूको अभिलेखसहितको पुस्तक हो ‘कोरोना भाइरस विरुद्ध चीनको लडाइँ, दैनिक अभिलेख (जनवरी २३ देखि फेब्रुअरी २३ सम्म) । चिनिया भाषामा प्रकाशित यस पुस्तकलाई नेपालीमा अुनुवाद गरेका छन् सुन्दरनाथ भट्टराईले ।

२०२० जनवरी २३ तारिखका दिन उहानमा तालाबन्दी भए पश्चात फेबु्रुअरी २३ सम्मको दैनिकीमा ‘नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा विशेष रात्रीभोज’, ‘सयम जीवन हो’, ‘मास्कको उत्पादनमा तीव्र अभिवृद्धि’, ‘सेतो कोट लगाएका लडाकुहरू’, ‘उहाँनमा चिनिया नाइटिङ्गेल्सहरू’लगायत ३२ वटा शीर्षकमा अनेकन प्रसंग अभिलेखीकरण गरिएको छ ।

चीन अध्ययन केन्द्र काठमाडौंले प्रकाशन गरेको १२४ पृष्ठको यस पुस्तकको मूल्य ४०० रुपैयाँ तोकिएको छ ।

० ० ०

श्री शिवपुरी बाबासँग चिन्तन मनन
(विचार संकलन/अनुवाद : डा. योगेन्द्रभक्त श्रेष्ठ (मल्ल)

आध्यात्मिक कृतिका रूपमा प्रकाशनमा आएको पुस्तक हो ‘श्री शिवपुरी बाबासँग चिन्तन मनन’ । जसमा शिपुरी बाबासँग विभिन्न व्यक्तिहरूले गरेको वार्ता, छलफल, अन्तरक्रिया संगृहीत छ । 

डा. योगेन्द्रभक्त श्रेष्ठ (मल्ल)द्वारा संकलित तथा अनुदित यस पुस्तकमा उनको आफ्नो एउटा रचना रहेको छ जसमा शिवपुरी बाबासँग जोडिएका केही प्रसँग उल्लेखित छन् ।

साथै वीरेन्द्र विताची, डा. एन्सु मिएनर्स, ह्युग रिपम्यान, गुणदा मजुमदार, ठाकुरलाल मानन्धर, डा. परमेश्वर गोर्खा, हरिप्रसाद प्रधान र पूर्णबहादुर मानवलगायतका रचना समावेस छ ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १५० पृष्ठको यस कृतिको मूल्य २७५ रुपैयाँ राखिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC