site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टंक उप्रेतीका दुई कविता
Sarbottam CementSarbottam Cement

म्युजिकल चेयर

एकपछि अर्को बाहिरिन्छन्
खप्टिँदै थुपारिन्छन् कुर्सीहरू

Prabhu Bank
Agni Group
NIC Asia

अन्त्यमा
एउटै व्यक्ति बाँकी हुन्छ बाहिरिन
र ऊ बस्न पाउँदछ
सबै कुर्सीहरू खप्टिएको
कुर्सीहरूको रासमाथि !
सबै बाहिरिइसकेपछि ।

दुनियाँको खेल !
    
० ० ०

Global Ime bank

बुकमार्क

म त 
मुर्झाएर भुइँंमा झरेको फूल थिएँ
तिमीले उठायौ मलाई

चुम्यौ

तिमीले आफ्नो जीवनशास्त्रको
सबैभन्दा महत्त्वपूर्ण मन्त्र पहिल्याउने ठाउँमा 
चिनो बनायौ


माटो त यसै बन्थेँ
तर अहिले
जीवित भएको छु
जीवनका सूत्रहरूबीच
जिन्दगीका मन्त्रहरूबीच ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC