site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 चन्द्रपुरको पोष्टमा आर्मीको १० गोल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।   शुक्रबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोल अन्तरले हराएको हो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गरिन् ।

यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् । आर्मीको यो दोस्रो जित हो ।  चन्द्रपुरविरुद्ध एकपक्षिय जित निकाल्ने आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गरेको थियो ।  जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ ।चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC