site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘उपाधि हाम्रो मुख्य योजना’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि (शनिबार) उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् ।

भोलि हुने खेलमा दुवै टोली उपाधिका लागि मैदान उत्रनेछन् । चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ । आर्मीले पहिलो सिजन नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । वर्षाका कारण खेल स्थगित हुँदा आर्मीले उपाधि पुलिससँग बाँडेको थियो ।

फाइनलअघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए । एपीएफ यो सिजनको प्रतियोगितामा अपराजित टोली हो । समूह चरणको चार खेल र एक सेमिफाइनलको खेलमा एपीएफ अपराजित 
छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले फाइनमा स्थान बनाएको थियो । यता आर्मीले भने सेमिफाइनलमा वाग्मती प्रदेशलाई पाराजित गरेको थियो । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारी दुवै उपाधि जित्नेमा आफूलाई विश्वस्त राख्दछन् । आर्मीका कप्तान विनोदले चौथोपटक उपाधिका लागि फाइनलमा मैदान प्रवेश गर्दा आफूहरूको नजर उपाधिमा रहेको बताए ।

“योपटक पनि फाइनलमा प्रवेश गरेका छौं । उपाधिका लागि हामीले सकेसम्मको मिहिनेत गर्नेछौं । विभागीय टोली भएकाले उपाधिका लागि धेरै चुनौती त हुन्छ नै । योपटकको उपाधिलाई भने हातबाट जान दिने छैनौं,” आर्मीका कप्तान विनोदले भने ।

Global Ime bank

विनोद राष्ट्रिय टोलीका लागि पनि महत्त्वपूर्ण खेलाडी हुन् । आफू प्रति सबैको आशा जोडिएका लागि यो उपाधि महत्त्वपूर्ण भएको उनले बताए । साथै फाइनलमा पुग्दा आफूहरू उत्कृष्ट प्रदर्शन कसरी गर्न सकिन्छ भन्ने कुरामा धेरै फोकस गर्ने बताए ।

“सबै खेलाडीले सकेसम्म राम्रो प्रदर्शन गरिरहेका छन् । हरेक खेलमा हाम्रो टोलीको एक खेलाडी चल्दा सहज भएको छ । समूह चरणमा एपीएफसँग पराजित भएका थियौं त्यसको बदला लिने मौका पनि आएको छ । आशा गरौं सबै राम्रो हुनेछ,” विनोदले भने ।

No description available.

यता एपीएफका कप्तान शरद भेषावकरले पनि आफूहरूले सकेसम्म राम्रो प्रदर्शन गर्ने बताए । उपाधिका लागि भन्दा पनि खेल कुन तरिकाले गर्दा राम्रो बनाउन सकिन्छ भन्ने कुरा आफूहरूको पहिलो प्रथामिकताको विषय रहेको बताए ।

“फाइनल पुग्नु सबै टोलीका लागि राम्रो कुरा हो । हामी पनि खुसी छौं । फाइनलमा आफूहरूलाई उत्कृष्ट बनाउने योजना रहेको छ । राम्रो खेल प्रदर्शन गर्न सकेमा हामी सफल अवश्य हुनेछौं । अहिले टिमका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् त्यसैमा हाम्रो लागि राम्रो कुरा हो,” शरदले भने ।

शनिबार हुने फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैया पाउनेछ । त्यस्तै उपविजेताले टोलीले पाँच लाख पाउनेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।

No description available.

No description available.
तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC