site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी-१० लिगमा सोमपाल आबद्ध मराठाको विजयी सुरुवात
Sarbottam CementSarbottam Cement

काठमाडौं । आबुधाबी टी-१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी आबद्ध मराठा अरबियन्सले विजयी सुरुवात गरेको छ । आबुधावीमा बिहीबार भएको पहिलो खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले हराएको हो ।

नर्दन वारियर्सले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले निर्धारित १० ओभरमा ५ विकट गुमाउँदै १३१ रन बनायो । मराठाका लागि अब्दुल बन्गासले अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ७ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै मोहमद हाफिजले १९ रनको योगदान गरे । बलिङतर्फ नर्दनका लागि फावियन एलेनले दुई विकेट लिए । त्यस्तै महेस ठेकेसान र रियाद इम्रिदले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले बलिङ गरेको नर्दनका लागि लेन्डल सिमोन्सले ५४ रनको अर्धशतकीय पारी खेले । 
बलिङतर्फ मराठाका लागि मुक्तर अलीले एक विकेट लिए ।

Global Ime bank

आजको खेलमा सोमपाल कामीले पहिलो १ ओभर बलिङ गरेर मात्र ८ रन खर्चेका थिए । त्यस्तै अन्तिम ओभर बलिङ गरेका सोमपालले २० रन खर्चिए ।

पहिलो ओभरको दोस्रो बलमा सोमपालले गरेको बलिङ मराठाका खेलाडीले क्याच गर्न सकेका थिएनन् । त्यस्तै अन्तिम ओभरको अन्तिम बलमा अरबियन्सका खेलाडीले सोमपालको बल क्याच गर्न छुटाएका थिए । त्यस्तै सोमपालले निकोलस पुरानको विकेटमा क्याच पनि गरेका थिए । मुक्तर अलीको बलमा सोमपालले क्याच गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC