site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९ व्यवस्थापन गर्ने सबैभन्दा प्रभावशाली देश न्यूजिल्यान्ड, नेपाल ७० औँ स्थानमा 
Ghorahi CementGhorahi Cement

एजेन्सी । कोभिड–१९ प्यान्डेमिकलाई सफलतापूर्वक सम्हाल्न सक्ने ९८ वटा देशहरुको सूचीमा न्युजिल्यान्ड, भियतनाम अनि ताइवान सबैभन्दा शीर्षमा परेका छन् । यसमा कोभिड प्रस्तुतिका लागि न्यूजिल्यान्डले ९४.४ नम्बर प्राप्त गरेको हो । नेपालले चाहिँ यो सूचीमा ७० औँ स्थान हासिल गरेको छ । 

महामारी नियन्त्रणमा सबैभन्दा राम्रो व्यवस्थापन गर्न सक्ने शीर्ष दशका अन्य देशहरुमा थाइल्यान्ड, साइप्रस, रुवान्डा, आइसल्यान्ड, अष्ट्रेलिया, लटिभा अनि श्रीलंका रहेका छन् जहाँ संक्रमण सङ्ख्या र मृत्युदर दुवै प्रति आय दरका हिसाबले अत्यन्तै कम रहेको छ । 

Agni Group

यसमा विश्वकै सबैभन्दा उच्च संक्रमण अनि मृत्युदर भएको अमेरिका केबल १७.३ नम्बरसहित अन्तिम पाँचमा अर्थात ९४ औँ स्थानमा परेको छ । बेलायत र अमेरिका दुवैको कोभिड व्यवस्थापन धेरै कमजोर रहेको यसले देखाउँदछ । त्यस्तै १ करोड १० लाख संक्रमित सङ्ख्या भएको भारतले कोभिड व्यवस्थापनका लागि २४.३ अंक प्राप्त गरि ८६ औँ मा पर्न गएको छ ।

‘द लोवी इन्स्टिच्युट’ ले बिहीबार सार्वजनिक गरेको यस सूचीमा चीनलाई भने समावेश गरिएको छैन । चीनको वुहानमा कोरोनाभाइरस पहिलोपटक देखा परेको भए पनि सार्वजनिकरुपमा सबै डाटाहरु उपलब्ध नभएकाले यसलाई सूचीमा नराखिएको बताइएको छ । 

Global Ime bank

यसमा ९८ राष्ट्रहरुको उपलब्ध डाटाका आधारमा १४ दिनसम्मको प्रति दशलाख मानिसमा औसत नयाँ संक्रमण दर, दैनिक मृत्युदर, प्रति हजार व्यक्तिमा परीक्षण दर र यसको दायरा सम्बन्धी ३६ हप्तासम्म अध्ययन अनि मूल्यांकन गरि सूची तयार पारिएको इन्स्टिच्युटले जानकारी दिएको छ । विश्वभर कोरोना संक्रमणको सङ्ख्याले १० करोड पार गरि मृत्युको सङ्ख्या २० लाख पुगेको खबरसँगै यो सूची पनि सार्वजनिक गरिएको छ । 

७० औँ मा रहेको नेपालले कोरोना व्यवस्थापनका लागि औसत ३६.६ अंक प्राप्त गरेको छ । यसको ठीक माथि ६९ मा रहेको पाकिस्तानको नम्बर चाहिँ ३६.९ रहेको छ । यता दक्षिण कोरियाले २० औँ स्थानमा ६९.४ नम्बर प्राप्त गरेको छ ।  सूचीको अन्तिममा ९८ औँमा परेको ब्राजिलको नम्बर केबल ४.३ रहेको छ भने त्योभन्दा एक स्थान माथि ९७ मा मेक्सिकोले ६.५ स्कोर प्राप्त गरेको हो । यिनको कोभिड व्यवस्थापन सूचीका आधारमा सबैभन्दा कमजोर मानिएको छ । 

यसरी पूरै डाटा हेर्दा विशेषगरी एसिया–प्यासेफिक मुलुकहरु कोरोनालाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सबैभन्दा सफल रहेको पाइएको छ । उता युरोप अनि अमेरिकामा चाहिँ तीव्र गतिमा फैलिएको संक्रमण कम गर्न अझैसम्म पनि कठिन भइरहेको छ । 

डाटाको विश्लेषणमा भनिएको छ, “सबैले सोचेभन्दा फरक– आर्थिक विकासको स्तर या राजनीतिक प्रणालीबीच अन्तरको कोभिड व्यवस्थापनमा कमै प्रभाव रहेको देखिन्छ । निष्कर्षमा भन्नुपर्दा थोरै जनसङ्ख्या, एकिकृत समाज र सक्षम संगठन भएकाहरुले तुलनात्मक रुपमा राम्रो नतिजा देखाएका हुन् ।”  रोयटर्सबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC