site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मतीलाई हराउँदै आर्मी फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै आर्मी लगातार चौथोपटक फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन मात्र बनायो । वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान गरे । ६० बल खेलेका उनले चार चौकाको सहयोगमा ४७ रन बनाएका हुन् । विपीन आचार्यले २३ रन बनाउँदा नन्दन यादवले २२ तथा आदिल खानले १० रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । ८ ओभर २ बल बलिङ गरेका उनले २४ रन खर्चेर एक मेडन ओभर फाले । त्यस्तै, विक्रम सोब र सुशन भारीले समान ३/३ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेले । ९१ बल खेलेका उनले चार चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए । 

Global Ime bank

आर्मीले १७ रन बनाउँदा तीन विकेट गुमाएको थियो । लोकेश बम र भीम सार्कीले आर्मीको इनिङ उकासेका थिए । २३ रन बनाएर लोकेश आउट हुँदा भीमले ४० रनको योगदान गरे । आर्मीका लागि कप्तान विनोद भण्डारी १० रन बनाएर आउट हुँदा विक्रम सोबले ३५ रनको योगदान गरे ।

बलिङतर्फ वाग्मतीका लागि गौतम केसीले सार्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभर फालेर ६१ रन खर्चे । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक मण्डारी र विपिन आचार्यले समान एक/एक विकेट लिए ।

अब आर्मीले उपाधिका लागि अर्काे विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC