site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आर्मीले दियो वाग्मतीलाई २३० रनको लक्ष्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजेश पुलामीको अर्धशतकको सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको हो ।

Agni Group

आर्मीका लागि राजेशले ९१ बल खेल्दै चार चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए । आर्मीले १७ रन बनाउँदा तीन विकेट गुमाएको थियो । लोकेश बम र भीम सार्कीले आर्मीको इनिङ उकासे । लोकेश २३ रन बनाएर आउट हुँदा भीमले ४० रनको योगदान गरे । आर्मीका कप्तान विनोद भण्डारी १० रन बनाएर आउट भए । विक्रम सोबले ३५ रन जोडे ।

बलिङतर्फ वाग्मतीका लागि गौतम केसीले सार्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभर फालेर ६१ रन खर्चे । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक मण्डारी र विपीन आचार्यले समान एक/एक विकेट लिए ।

Global Ime bank

आजको खेलमा जित निकाल्दै वाग्मती पहिलोपटक फाइनलमा पुग्ने लक्ष्यमा छ । वाग्मती प्रतियोगितामा बलियो टोलीको रुपमा रहेको छ । आर्मी उपाधि जित्ने योजनामा छ । आर्मी साविक उपविजेता टोली हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC