खेल
काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले बराबरी खेल्दै अंक बाडेको हो । चेल्सीले भर्खरै यो साता मात्र आफ्ना प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै नयाँ प्रशिक्ष नियुक्त गरेको थियो ।
चेल्सीका लागि आएका नयाँ प्रशिक्षक थोमस टुच्चेलले पनि क्लबमा केही प्रभाव पार्न सकेनन् । उनले मंगलबारबाट काम सुरु गरेका थिए ।
बराबरीसँगै चेल्सी आठौं स्थानमा उक्लेको छ । लिगमा २० खेल खेलेको चेल्सीको ३० अंक छ । उता उल्भ्स २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७ ०९:२५
प्रतिक्रिया दिनुहोस्