site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पीएम कप : पुलिसलाई हराउँदै एपीएफ फाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो । 

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो । पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । 

Agni Group

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका उनले १ मेडन ओभर पनि फालेका थिए ।  एपीएफका लागि कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषावकरले समान २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे । 

Global Ime bank

एपीएफका लागि कप्तान भेषावकरले १८ रन बनाए । एपीएफका लागि १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गर्दा एपीएफले आफ्नो लक्ष्य २०४ बनाउन सफल भयो । 

बलिङतर्फ पुलिसका लागि आरिफ सेखले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २/२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक–एक विकेट लिए । 

आजको जितसँगै एपीएफले अब उपाधिका लागि वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यता साविकको विजेता टोली एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC