खेल
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षमा थोमास टुच्चेललाई नियुक्त गरेको छ । चेल्सीले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । प्रिमियर लिगमा खराव अवस्थामा रहेको चेल्सीले सोमबार मात्र मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो ।
चेल्सी हाल प्रिमियर लिगको १० औं स्थानमा छ । पछिल्लो समय कमजोर अवस्थामा रहेको चेल्सीलाई राम्रो अवस्थामा ल्याउन आफूले राम्रो भूमिका खेल्ने टुच्चेलले बताएका छन् ।
“चेल्सी जस्तो क्लबमा मैले प्रशिक्षकको जिम्मेवारी पाउनु राम्रो कुरा हो । अब क्लबलाई राम्रो अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछु,” टुच्चेलले चेल्सीको अफिसियल साइटमा भने ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७ १०:५५
प्रतिक्रिया दिनुहोस्