site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोराेना सङ्क्रमण पुष्टि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो ।

पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्क्रमण फैलिन भने रोकिएको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC