खेल
काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साबिक विजेता एपीएफले सहज जित निकालेको छ ।
मंगलबार भएको विभागीय डर्बीमा आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जलीकुमारी योन्जन र सरु लिम्बूले एक-एक गोल गरिन् ।
खेलको २७औं मिनेटमा अन्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सरुले गोल गर्दै एपीएफलाई २-० को जित दिलाइन् ।
जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लब ५ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीको यो पहिलो हार हो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७ १७:३८
प्रतिक्रिया दिनुहोस्