site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सदनमा नगई प्रधानमन्त्री र संसद् समाप्त हुँदैन : वरिष्ठ अधिवक्ता थापा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्मा नगई प्रधानमन्त्री र संसद् समाप्त नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै थापाले भने, ‘‘सदनमा नगइकन प्रधानमन्त्री र संसद् समाप्त हुँदै हुँदैन । सरकार चलाउन मन नभए राजीनामा दिने हो । संसद् विघटनको अधिकार नै छैन ।’’

Agni Group

उनले प्रधाननमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर विघटन सिफारिस गरेको भन्दै त्यस्तो अधिकार संविधानले नदिएको जिकिर गरे । संसद्को अधिवेशन आह्वान गर्ने समयनजिक आइपुग्दा हठात् प्रतिनिधिसभा विघटन गरिएको थियो ।

प्रधानमन्त्रीले लिखित जवाफमा एकातिर ‘विघटनको अधिकार छ’ भनेको र अर्काेतिर ‘बाध्यता’ भनेको बताउँदै थापाले भने, ‘‘संसद् विघटन एकातिर बाध्यता भन्ने, अर्कोतिर अधिकार भन्ने ? यो कुरा संविधानको वरिपरि छ कि छैन हेर्नु पर्दैन ?’’

Global Ime bank

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सोविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC