बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भाइरल बनेको ‘पुटिन प्यालेस’ आफ्नो नभएको राष्ट्रपति पुटिनको दाबी
बाह्रखरी - मंगलबार, माघ १३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । गत हप्ता रुसका सबै सामाजिक संजालमा एउटा भिडियो भाइरल भएपछि यसबारे अन्तर्राष्ट्रिय चर्चा पनि सुरु भएको थियो । यसमा राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नाल्भानीको समर्थन टोलीले सार्वजानिक गरेको एउटा भिडियो ८ करोड ६० लाख मानिसहरुले हेरिसकेका छन् । जसमा पुटिनको भनेर दाबी गरिएको एक अत्यन्तै ठूलो लक्जरी महल देखाइएको छ । 

समुद्र नजिकै रहेको सो महल पुटिन नजिककी अर्बपति असोसिएटले निर्माण गरेको बताइएको छ । जसभित्र क्यासिनो, स्केटिङ रिंकदेखि वाइन बनाउने अंगुरको बगैँचासमेत भएको बताइएको छ । २०१२ मा बीबीसीका टिम वेवेलले पनि त्यो रहस्यमयी महलबारे रिपोर्ट गरेका थिए । जसलाई पुटिनका पूर्व बिजनेस असोसिएटले उनको व्यक्तिगत प्रयोगका लागि भनेर विशेष रुपमा निर्माण गरिएको म्यान्सन भन्ने खबर गरिएको थियो । त्यस समयमा पुटिनका प्रवक्ताले यो सहित पुटिनका अन्य व्यक्तिगत सम्पतिबारे गरिएका दाबीलाई पनि गलत ठहर गरेका थिए ।

Agani Group

शनिबार मात्र रुसमा नेल्भेनीको समर्थनमा हजारौँ मानिसले प्रदर्शन गरे । ४४ वर्षीय उनी रुसका सबैभन्दा प्रमुख विपक्षी नेता पनि हुन् । उनलाई एक हप्ता अगाडि ३० दिनका लागि जेलमा थुन्ने निर्णय भएको थियो । गत अगस्टमा भएको प्राणघातक केमिकल हमलाबाट बाँचेर उनलाई यसै महिना मात्र बर्लिनबाट रुस ल्याइएको थियो जहाँ प्रवेश गर्नासाथै उनलाई गिरफ्तार गरिएको हो । 

यस्तोमा भाइरल भएको ‘पुटिन प्यालेस’ सम्बन्धी पुटिनले पहिलोपटक प्रतिक्रिया दिँदै आफूलाई ‘बोरिङ’ लागेको बताएका छन् । उनले थप भनेका छन्, “त्यसमा देखाइएको कुनैपनि कुरा मेरा या मेरा आफन्तको सम्पति होइन र कहिल्यै थिएन पनि ।” त्यस्तै उनले आफूसँग पूरै भिडियो हेर्ने समय नभएकाले थोरै क्लिपहरु मात्र हेरेको पनि बताएका छन् । 

sarbottam cement

मस्काउ फर्किएपछि जेल हालिएका नेल्भेनीको समर्थन टोलीले त्यो भिडियो रिलिज गरेको हो ।  जसले अनुसन्धानपछि त्यो १.३७ अर्ब डलर बराबरको महल ‘इतिहासकै सबैभन्दा ठूलो घूसखोरी’ गरेर खरिद गरिएको भन्ने आरोप लगाइएको छ । भिडियोमा नेल्भेनीले भनेका छन्, “उनीहरुले भ्रष्टाचारको पैसाले आफ्नो ‘बस’ का लागि त्यस्तो महल निर्माण गरेका हुन् ।”

नेल्भेनीले वर्षौँदेखि सामाजिक संजालमार्फत विभिन्न रुपले पुटिन प्रशासनको आलोचना गर्दै आएका छन् । पुटिनलाई ‘चोर’हरुसँग मिलेर चलाइरहेको सिस्टमका सामन्तीवाद लिडर भएको आरोप पनि लगाउने गरेका छन् । २०१७ मा नेल्भेनीको भ्रष्टाचार विरोधी फाउन्डेसनले पूर्वप्रधानमन्त्री डिमट्री मेडभेडेभमाथि पनि गोप्य पैसामार्फत लक्जरी घरजग्गा संकलन गर्ने गरेको आरोप लगाएको थियो । डिमट्री पुटिनका सबैभन्दा नजिकको व्यक्ति मानिन्छन् । जसले सबै आरोप अफवाह भनेर अस्वीकार गरेका हुन् । पुटिनले भने यस किसिमका आरोपहरुलाई ‘रुसमा अस्थिरता ल्याउने विपक्षीको प्रयास’ भनि व्याख्या गर्ने गरेका छन् ।  
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, माघ १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्