site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोडेर्नाको खोपले नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध काम गर्ने 
Sarbottam CementSarbottam Cement

बीबीसी । कोभिडको अमेरिकी खोप, मोडेर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुप विरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग  पनि उत्तिकै प्रभावकारी तरिकाले लड्न सक्ने देखाएको हो । 

यसलाई पूर्ण रुपमा पुष्टि गर्न अझ थप रिसर्चको आवश्यकता रहेको पनि बताइएको छ । यो नयाँ रुपान्तरित कोरोना भाइरस यतिखेर थुप्रै देशमा तेजसाथ फैलिरहेको छ । समयसँगै प्राकृतिक रुपमा विकसित भएको नयाँ किसिमको कोरोना भाइरसले सुरुआतमा भन्दा छिटो र सजिलै मान्छेको सेललाई संक्रमित गराउन सक्छ । विज्ञहरुका अनुसार सेप्टेम्बरमा बेलायतबाट उत्पति भएको सो भाइरस तुलनात्मक रुपमा ७० प्रतिशतभन्दा बढी संक्रामक रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, अहिलेका प्रायः खोपहरु सुरुआती भाइरसको विशेषता अध्ययन गरि निर्माण गरिएको हुँदा यसले नयाँ विकसित कोरोनाभाइरस विरुद्ध काम गर्ने/नगर्नेमा चिन्ता बढेको थियो । वैज्ञानिकहरुले खोपको प्रभावकारितामा यसले फरक नपार्ने विश्वास व्यक्त गरे पनि अहिले प्रयोगमा ल्याइएका खोपका कम्पनीहरु यसबारे अनुसन्धान गरिरहेका छन् । यसअघि फाइजरको खोपले पनि नयाँ रुपान्तरित भाइरस विरुद्ध काम गर्छ भन्ने नतिजा देखाएको थियो । मोडेर्ना सम्बन्धी रिसर्चका लागि यस खोपको दुई डोज लगाइसकेका आठजनाको रगतको स्याम्पल लिइएको हो । 

यसमा नयाँ भाइरसलाई परास्त गर्न मोडर्नाले पर्याप्त एन्टिबडिज उत्पादन गर्न सक्ने पत्ता लागेको हो । तर, यो दक्षिण अफ्रिकामा भेटिएको भाइरसमा भने बेलायतको जति बलियो रुपमा काम नगर्ने देखिएको छ । 

Global Ime bank

कम्पनीले बताए अनुसार यसको अर्थ दक्षिण अफ्रिकाको रुपान्तरित भाइरसविरुद्ध यो खोपले दिने सुरक्षा तुलनात्मक रुपमा छिटो हराउन सक्छ । 

बेलायतस्थित वारविक मेडिकल स्कुलका प्रोफेसर लरेन्स योङले यो चिन्ताजनक हुन सक्ने बताए । यस्तो अवस्थामा कम्पनीले अफ्रिकाको नयाँ भाइरसको सन्दर्भमा तेस्रो डोज दिन सकिन्छ कि भन्ने सम्बन्धी परीक्षण गरिरहेको छ । 

अहिले प्रायः वैज्ञानिकहरुले नयाँ प्रकारको भाइरस विरुद्ध लड्न खोपलाई पुनः डिजाइन गर्ने सम्बन्धी विचार गरिरहेका छन् । मोडेर्नाको खोपले पनि फाइजर जसरी नै काम गर्छ र विभिन्न देशहरुमा प्रयोगमा आइसकेको छ । बेलायतमा अहिले ६३ लाखभन्दा बढी मानिसले फाइजर र एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC