site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वलडाकुको ‘अयोग्य’ बिल्ला हट्ने, द्वन्द्वका सबै घाइतेलाई भत्ता दिने तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी र प्रभावितलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयको पहलमा सरकारले युद्धका क्रममा ज्यान गुमाएका, घाइते, बेपत्तालाई लक्षित गरेर विशेष प्याकेजको व्यवस्था गर्न लागेको हो । सरकारको यो कदमबाट पूर्व माओवादी नेता–कार्यकर्तालाई बढी राहत मिल्नेछ ।

माओवादी युद्धका कट्टर आलोचक मानिने प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय युद्धकालीन माओवादी कार्यकर्ताका बारेमा उदार देखिएका छन् । उनले अधिकाशं कार्यक्रममा युद्धमा ज्यान गुमाएका माओवादी कार्यकर्ता, बेपत्ता र घाइते परिवारको कुरा गर्दै आएका छन् । ओली प्रचण्डप्रति आक्रामक र कार्यकर्ताहरुप्रति सकारात्मक देखिँदै आएका छन् ।

नेकपा विभजनपछि पूर्वमाओवादीलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री ओली पूर्वलडाकुलाई आफ्नो पक्षमा पार्न सक्रिय रहेको बताइन्छ । पूर्वलडाकुलाई आफ्नो पक्षमा पार्न सके त्यसको प्रयोग निर्वाचनमा गर्न सकिने कतिपयको बुझाइ छ ।

Agni Group

गृह स्रोतका अनुसार तत्कालीन युद्धमा माओवादी लडाकुमा आबद्धहरुमध्ये धेरै प्रमाणीकरणको समयमा अयोग्य भन्दै निकालिएका थिए । सोही समयदेखि उनीहरुले आफूमाथि लागेको अयोग्यको बिल्ला हटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुमाथि लागेको अयोग्यको बिल्ला हटाएर परिचयपत्र वितरण गर्ने आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको बताइएको छ ।

यसबाहेक गृहले द्वन्द्वकालका सबै घाइतेको निःशुल्क उपचार, घाइतेको वर्गीकरण गरी भत्ताको व्यवस्था, ज्यान गुमाएका परिवारका सदस्यलाई रोजगारी, मृतक र बेपत्ताका परिवारजनलाई आर्थिक राहत दिने विषयमा गृहकार्य गरिरहेको गृहमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

Global Ime bank

सरकारले यसअघि नै घाइतेको उपचार गर्ने निर्णय गरिसकेको भए पनि कतिपय व्यवहारिक समस्याका कारण सबैले सहज उपचार पाउन नसकेको गुनासो गर्दै आएका थिए । घाइतेले हजारदेखि १२ हजारसम्म मासिक भत्ता पाउँदै आएका थिए । अब सबै घाइतेले भत्ता पाउने गरी गृहकार्य अघि बढाइएको बताइएको छ ।

गृह मन्त्रालयको नेतृत्व गरिरहेका रामबहादुर थापा ‘बादल’ माओवादी युद्धका शीर्ष नेतामध्ये एक हुन् । नेकपा विभाजनको बेला उनी प्रचण्डलाई छोडेर प्रधानमन्त्री ओलीको पक्षमा लागेका छन् । गृहमन्त्री थापाले अघि सारेको प्रस्तावबारे सरकारले निर्णय गरे पूर्वमाओवादीको ठूलो पंक्ति आफूहरुप्रति आकर्षित हुनसक्ने ओली पक्षको अनुमान छ । ओलीसँग युद्धकालीन माओवादी नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, कालीबहादुर खामलगायत नेता छन् । उनीहरु पूर्वमाओवादी कार्यकर्ता आफ्नो समूहमा तान्न सक्रिय छन् ।

पूर्वमाओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक र बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बनिसकेका छन् । यस्तोमा उनीहरुले युद्ध प्रभावितका विषयमा ठोस काम नगरेको र आफूहरुले गर्न लागेको भन्दै ओली समूहमा लागेको पूर्व माओवादी नेताहरु देशभर सक्रिय हुनेछन् ।  

१० वर्षे सशस्त्र युद्धमा १७ हजार बढीले ज्यान गुमाएका थिए । हजारौं घाइते र सयौं अझै बेपत्ता छन् । पछिल्लो समय पूर्वलडाकुहरु ओली समूहमा खुलेर लागेका छन् । पूर्वलडाकुको ठूलो समूह प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि आबद्ध रहेको बताइन्छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC