site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको खेलमा प्रदेश २ लाई ४ विकेटले हराउँदै पुलिस क्लब सेमिफाइनलमा पुगेको हो । जितसँगै पुलिस समूहको उप–विजेता बनेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश २ ले पुलिसलाई जितका लागि दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभर ६ विकेट गुमाउँदै १७० रन बनायो । 

Prabhu Bank
Agni Group
NIC Asia

पुलिसका लागि अनिल शाहले ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । 

बलिङतर्फ प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले समान ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको हो । 

Global Ime bank

प्रदेश २ का लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । त्यस्तै आदिल अन्सारीले १५ रन बनाउँदा हिमान्सु दत्तले १६ रन बनाए ।

बलिङतर्फ पुलिसका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सागर ढकालले २ विकेट लिँदा पवन सरार्फले १ विकेट लिए । 

आजको खेलमा जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस समूहको उप–विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अब पुलिसले आर्मी र एपीएफबीचको विजेतासँग खेल्नेछ । यता प्रदेश २ भने जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC