site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हरिशंकरको अर्धशतकमा पुलिसलाई १७० रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश २ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य दिएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको हो । प्रदेश २ का लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै आदिल अन्सारीले १५ रन बनाउँदा हिमान्सु दत्तले १६ रन बनाए । बलिङतर्फ पुलिसका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सागर ढकालले २ विकेट लिँदा पवन सरार्फले १ विकेट लिए । 

आजको खेलमा जित निकाल्दै पुलिस आफूलाई सेमिफाइनलमा पुगाउने योजनामा छ । तीन खेल खेलेको पुलिसको ४ अंक छ । समूह ‘बी’मा रहेको पुलिस आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ ।

Global Ime bank

यसै समूहबाट वाग्मती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । लुम्बिनी प्रदेश भने पुलिसको नतिजाको पर्खाइमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC