विदेश
काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ हजार ३४८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२९ पुगेको छ ।
बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख १७ हजार ४६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ हजार ५५२ संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७ ०७:३२
प्रतिक्रिया दिनुहोस्