site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले दिएन नेकपा फुट्न, भन्छ- पहिलेकै पार्टी यथावत्
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहेने निर्णय गरेको हो ।

"साबिकको निर्णयलाई कायम गर्ने निर्णय भएको छ । पछिल्लो चरणमा भएको परिवर्तन हेरफेरलाई आयोगले मानेन । केपी ओलीलाई कारबाही गरेको पनि आयोगले मानेन । माधव नेपाललाई अध्यक्ष बनाएको पनि मानेन्," आयोग स्रोतले बाह्रखरीलाई जनायो । 

Prabhu Bank
Agni Group
NIC Asia

दल दर्ताका बखत् केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई विभाजन हुन आयोगले रोकेको हो । "राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को ऐन २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा २६९ बमोजिम निर्णय भयो," आयोगका ती उच्च अधिकारीले बाह्रखरीसँग भने ।

ती उच्च अधिकारीका अनुसार निर्णयबारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइनेछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ । त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा दाहालले अलग-अलग समूह बनाएर एकले अर्कालाई कारबाही गरेका छन् । उक्त निर्णयबारे आयोगलाई जानकारीसमेत गराएका थिए ।

Global Ime bank

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई प्रचण्ड-नेपाल पक्षले अनुशासनको कारबाही गर्दै साधारण सदस्यबाटै हटाएको छ । ओलीको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । दुवै पक्षले नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये दुईतिहाइको साथ आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC