site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘फाटेको जुत्ता लगाएर आएका पीडितको उजुरी लिउँ कि नलिउँ ?’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कट्‌टु र फाटेको जुत्ता लगाएर आएका पीडितको उजुरी लिउँ कि नलिउँ ? भनेर वैदेशिक रोजगार व्यवसायीहरुलाई प्रश्न गरेका छन् । २१ बुँदे माग लिएर आइतबार विभाग पुगेका व्यवसायीहरुसँग महानिर्देशक दाहालले यस्तो प्रश्न गरेका हुन् ।

विभागमा पुगेका वैदेशिक रोजगार व्यवसायी र महानिर्देशकबीच केहीबेर भनाभनसमेत भएको थियो । दहालले यो व्यवसायमा विगत लामो समयदेखि विकृति कायम रहेको बताएका थिए । उनले आफुहरु नियमभित्र बसे मात्र विकृति अन्त्य हुनसक्ने बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायीहरुले पत्रकारको सहयोग लिएर विभागले छापा मारेकोप्रति आपत्ति जनाएका थिए । जवाफमा दहालले यो ‘मिडियाको इथिक’ भित्र रहेको बताएका थिए । महानिर्देशक दाहालले मिडियाले जनचासोका विषयमा समाचार सम्प्रेसण गर्ने पनि बताएका थिए ।

व्यवसायीले पाएको अनावश्यक दुःख तथा झन्झटको विरोध गर्न आइतबार व्यवसायीहरु विभाग पुगेका थिए । बिहान १० बजे व्यवसायीहरु बुद्धनगरस्थित विभागको कार्यालयमा धर्ना दिन पुगेका थिए । व्यवसायीहरुले कोरोनाका कारण एक वर्ष काम गर्न नपाएको र भर्खरै तंग्रँदै गरेको व्यवसायलाई विभागले विभिन्न बहानामा अवरोध गरेको जनाएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC