site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीले ‘बाजे वकिल’ भनेपछि कसले के भने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बोलीका कारण कहिले चर्चा त कहिले आलोचनामा पर्ने गरेका छन् । उखान-टुक्कामा माहिर ओली पछिल्लो समय कहिले पत्रकारमाथि जाइलाग्छन् न कहिले कानुन व्यवसायीमाथि । पत्रकारले ‘तिमी’ भनेर गरेको सम्बोधनमा चित्त दुखाए उनले केही समय अघि राजा महाराजालाई गर्ने सम्बोधन पत्रकारहरूलाई सम्झाएका थिए ।

पुस ९ गते आयोजित पार्टी कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटको पक्षमा बहस गरिरहेका कानुन व्यवसायीमाथि निशाना साँधे । ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरूले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ उनको अभिव्यक्ति थियो । यो अभिव्यक्तिपछि कानुन व्यवसायी आबद्ध संघ-संस्थाहरूले कडा आपत्ति जनाएका छन् ।

आइतबार संवैधानिक इजलसमा बहसका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि प्रधानमन्त्री ओलीले कानुन व्यवसायीमाथि गरेको टिप्पणी अदालतको अवहेलना भएको भन्दे विषय उठाएका थिए ।

Agni Group

कानुन व्यवसायीहरूलाई अदालतकै अभिन्न अधिकृतका रुपमा मानिने विश्वव्यापी मान्यता छ । नेपालको संविधानको धारा २० तथा नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २२ र २४ ले समेत कानुन व्यवसायीले अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर कानुन व्यवसायीविरुद्ध कुनै मुद्दा मामिला गर्न नसकिने व्यवस्था छ । कानुन व्यवसायीहरूले आ-आफ्नो पक्षको तर्फबाट बहस पैरवी गर्दा कुनै पनि मुद्दाको पक्ष वा अन्य कसैले पनि कानुन व्यवसायीप्रति कुनै गाली–गलौज, अपमानजन्य, होच्याउने वा खिसी–ट्युरीको विषय बनाइन नहुने र त्यस्तो कार्य गरे त्यो अदालतको अवहेलना हुने नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत भनेको छ । 

त्यस्तै, वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य सोही अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै हदैसम्मको कारबाही माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनले सर्वोच्चमा रिट निवेदन दिएपछि सर्वोच्च प्रशासनले दर्ता भइनसकेको जनाएको छ । निवेदक शर्माले अदालतमा निवेदन बुझाउको र दर्ताको विषयमा भोलि ११ बजे अदालतले बोलाएको जानकारी दिए ।

Global Ime bank

प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ : बार
कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गरिरहेका कानुन व्यवसायीका विषयमा गरेको टिप्पणी खेदजनक भएको भन्दै आपत्ति जनाएको छ । बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री आलीले माफी माग्नुपर्ने पनि माग गरेको छ ।

“वकिलले कुरा फिटेका-फिट्यै छन्, केही वकिलहरूले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेर दिनुभएको अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरणअनुकूल पनि छैन साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानि र अवहेलनाजन्य कार्य समेत हो,” महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ । उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं ।”

त्यस्तै, नेपाल बारले कानुन व्यवसायीहरूलाई अदालतकै अभिन्न अधिकृतका रुपमा मानिने विश्वव्यापी मान्यता रहेको, बहस पैरवी गरेको विषयलाई लिएर कानुन व्यवसायीविरुद्ध कुनै मुद्दा मामिला गर्न नसकिने व्यवस्था स्मरण गराइएको छ । “बहस पैरवी गर्दा कुनै पनि मुद्दाको पक्ष वा अन्य कसैले पनि कानुन व्यवसायीप्रति कुनै गाली-गलौज, अपमानजन्य, होच्याउने वा खिसीट्युरीको विषय बनाइनु हुँदैन । यस्तो कार्य अदालतको अवहेलनाजन्य र खेदजनक पनि हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले पुस ९ गतेका दिन पार्टी कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले कानुन व्यवसायीको विषयमा टिप्पणी गरेका थिए । बारले त्यस्ता अभिव्यक्तिहरू नदोहोर्‍याउन पनि प्रधानमन्त्रीलाई सचेत गराएको छ ।

प्रधानमन्त्रीबको टिप्पणी अशोभनीय : डीएलए
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीका विषयमा गरेको टिप्पणी अशोभनीय भएको भन्दै आपत्ति जनाएको छ ।

डीएलएकी महासचिव लक्ष्मी दाहाल रावलले आइतबार विज्ञप्ति जारी गर्दै ‘बाजे वकिल’ र ‘तमासा’ शब्द प्रयोग गरेकामा आपत्ति जनाएकी हुन् । “हामी सबैका समादरणीय गुरूदेव, नेपालको न्याय कानुन जगतका शिखर व्यक्तित्व, कानुन व्यवसायी समुदायका सर्वमान्य धरोहर, वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सम्मानित सर्वोच्च अदालतमा गर्नुभएको बहसका विषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बाजे वकिल र तमासाजस्ता शब्द प्रयोग गरी गर्नुभएको कटाक्षप्रति यस नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसिनको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “कानुन व्यवसायीले इजलासमा बहस गरेको सहज र स्वभाविक विषयलाई लिएर कानुन व्यवसाय र कानुन व्यवसायीको मर्यादा र गरिमामाथि प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीबाट निर्मम प्रहार गरिनु किमार्थ शोभनीय र वान्छनीय हुँदैन ।”

प्रधानमन्त्रीको टिप्पणीमा अधिनायकवादी, चरम स्वेच्छाचारी र अनुशासनहीन प्रवृत्ति प्रतिबिम्बित भएको भन्दै  नेपालको न्यायिक परिपाटी एवं कानुन व्यवसायको पेसागत दायित्वप्रतिको अज्ञानता र समग्र न्यायिक प्रणालीप्रतिको दूराग्रहसमेत एकैसाथ प्रकट भएको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक : मञ्च
संवैधानिक कानुन व्यवसायी मञ्चले पनि प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक भएको जनाएको छ । “कानुन व्यवसायमार्फत लोकतन्त्र र कानुनी शासनमा अतुलनीय योगदान पुर्‍याउँदै आएका वरिष्ठ अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस गरेको विषयलाई लिएर प्रधानमन्त्रीले सार्वजनिक रुपमा दिएको अवहेलनाजन्य अभिव्यक्ति प्रति संवैधानिक कानुन व्यवसायी मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ,” मञ्चले विज्ञप्ति जारी गर्दै भनेको छ, “कानुनी शासनको पालना गर्ने र गराउने संवैधानिक कर्तव्य भएको प्रधानमन्त्रीजस्तो उच्च सार्वजनिक पदाधिकारीले निवेदकको तर्फबाट बहस गरेकै कारण श्रद्धेय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल’ र उहाँले सम्मानित संवैधानिक इजलाससमक्ष गरेको बहसलाई तमासा’को संज्ञा दिने एवं कानुन व्यवसायीको हैसियतमा स्वतन्त्रतापूर्वक पक्षको प्रतिनिधित्व गरेको तथ्यलाई उपेक्षा गर्दै तमासा’ देखाउन लगेको’ भनेर लान्छित गर्ने गरी अभिव्यक्ति दिनु खेदजनक छ ।”

नेकपानिकट कानुन व्यवसायीको संस्था मौन
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर कानुन व्यवसायीको साझा संस्था बार एसोसिएसनदेखि कांग्रेसनिकट डीएलए र संवैधानिक कानुन व्यवसायी मञ्चले आपत्ति जनाएका छन् । तर, सत्तारुढ दल नेकपानिकट कानुन व्यवसायीको संगठन भने अहिलेसम्म मौन देखिएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै बारले विज्ञप्ति जारी गर्दा नेकपानिकट रहेका बारका कोषाध्यक्ष रुद्र पोख्रेलले अलग विज्ञप्ति नै जारी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC