site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भन्सार विवाद समाधानार्थ संयन्त्र निर्माण गर्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचारसम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहिलेसम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरे । प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे । यसबाट व्यापारीहरु त्रसित हुने मात्र नभई व्यावसायिक विकृतिसमेत उत्पन्न हुने खतरा बढेको बताए । भन्सार मूल्यांकन र वर्गीकरण यथार्थपूरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाको जोड छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व-सचिव रामशरण पुडासैनीले सरकार व्यवहारिक रुपमा निजी क्षेत्रमैत्री रहेको दाबी गरे । निजी क्षेत्रको समस्या सरकारले नसुनीकन र निजी क्षेत्रको आवश्कताअनुसार कानुनहरु संशोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे ।

Global Ime bank

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भावना नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC