site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घोषित निर्वाचनको तयारीमा रहन आईजीपीको निर्देशन
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईजीपी शैलेश थापा क्षेत्रीले सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

एसपीबाट प्रहरी एसएसपी पदमा पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिह्‍न प्रदान गर्ने कार्यक्रममा थापाले यस्तो बताएका हुन् । थापाले कानुनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौती सामना गर्न जिम्मेवारीपूर्वक अत्यन्त सहिष्णु भई काम गर्नुपर्ने बताए ।

Agni Group

दर्ज्यानी चिह्‍नद्वारा सुशोभित हुने एसएसपीहरुमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्‍जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसूदन लुइँटेल र मोहनप्रसाद पोखरेल थिए ।

पदोन्नति भएका एसएसपी सुरेन्द्रप्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत भएकाले कार्यक्रममा उपस्थित थिएनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC