site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मती सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा लुम्बिनी प्रदेशसँग बराबरी खेलेको वाग्मती सेमिफाइनलमा पुगेको हो । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा वाग्मतीले दिएको २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २२० रन बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनीले ९ विकेट गुमाउँदा चाहिएको एक रन नपुग्दै दीपेन्द्र रावत रनआउट भएपछि खेल ‘टाइ’ भएको थियो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१-४१ रन बनाए । 

त्यस्तै सौरभ खनालले ३४ रन बनाउँदा देव खनालले २६ रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका लागि विपिन आचार्यले सर्वाधिक ४ विकेट लिए । त्यस्तै गौतम केसीले दुई विकेट लिए ।

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनायो । वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतकीय पारी खेले ।

८७ बल खेलेका आदिलले ५५ रन बनाए । त्यस्तै ५३ बल खेलेका इशानले ५१ रनको योगदान गरे । बलिङतर्फ लुम्बिनीका लागि देवेन्द्र रावलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै कृष्ण कार्की र सन्दीप सुनारले २-२ विकेट लिए । 

आजको खेलमा बराबरी खेलेको वाग्मतीले आफूलाई सेमिफाइनलमा पुर्‍याएको छ । वाग्मतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश २ लाई हराएको थियो ।

समूह ‘बी’ को वाग्मतीले ४ खेलमा ७ अंक जोडेको छ । लुम्बिनी ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा छ । अब लुम्बिनीको सेमिफाइनल पुग्न पुलिस पराजित हुनुपर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC