site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको फराकिलो जित, विमलाको ह्याट्रिक
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा विभागीय टिम आर्मीले वालिङ नगरपालिकालाई ७–० ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई  जित दिलाउन विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै, दीपा राई, शर्मिला थापा, भुजुंगा राई र हेमा चौधरीले एक/एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

१४औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता बनाएको थियो । खेलको २८औँ मिनेटमा दीपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । ४४औँ मिनेटमा शर्मिलाले गोल गर्दा आर्मीले पहिलो हाफमा ३–० गोलको अग्रता बनायो ।

खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अग्रता दिलाइन् । विमलाले ७५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । ८९औँ मिनेटमा हेमाले गोल गर्दा आर्मी ६–० ले अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा भुजुंगाले गोल गर्दै आर्मीलाई ७–० को जित दिलाइन् ।

Global Ime bank

जितसँगै आर्मीले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC