site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा नाेबल कोरोना भाइरसकाे महामारी गत वर्ष अनुमान गरे जति भयावह भएको देखिएन । तैपनि, काेभिड-१९ नामाकरण गरिएको यस भाइरसका कारण नेपालमा करिब दुई हजार जनाको ज्यान गएको सरकारकै तथ्याङ्क छ । हिजो सार्वजनिक भएको विवरणअनुसार पछिल्लो २४ घण्टामा २३२ संक्रमित थपिएका छन् भने ३८६ संक्रमणमुक्त भएका छन् । सरकारको तथ्याङ्कअनुसार नेपालमा  कोभिड-१९ बाट संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले ३ हजार ४५२ जना आइसोलेसनमा र १४७ क्वारिन्टिनमा बसेका जनाएको छ । अहिलेसम्म कुल २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिएको छ । साथै बढी संक्रामक र घातक मानिएको नयाँ प्रकारको कोभिड-१९ पनि नेपालमा भेटिएको छ । यसैले नेपालमा कोभिड-१९ को जोखिम मत्थर भइसकेको ठान्नु आत्मघाती मूर्खता हुनसक्छ ।

कोभिड-१९ विरुद्धको खोप दिन सुरु भएको छ । नेपालमा समेत भारतले अनुदानमा दिएको १० लाख मात्रा खोप आइपुगेको छ र अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकताका आधारमा यही सातादेखि दिन सुरु गरिने सरकारले जनाएको छ । यसले महामारी मत्थर हुँदै जाने आशा जगाएको छ । अर्कोतिर, देश आन्दोलनमा होमिएको छ । भाइरसको संक्रमण रोक्न अपनाइँदै आएको सुरक्षा सावधानी देशभरबाट जनता ओसारेर गरिने प्रदर्शनहरूमा अपनाइने कल्पना पनि गर्न सकिँदैन । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरुद्ध आन्दोेलनमा उत्रिएका विपक्षी राजनीतिक दलमात्र हैन महामारीमा नागरिकले अपनाउन पर्ने सुरक्षा मापदण्ड लागू गर्ने सरकारका प्रधानमन्त्रीले समेत जुलुसहरूमा भाषण गर्दै हिँडेका छन् । सडकमा सोफा राखेर मञ्च बनाउने, हेलिकाेप्टरबाट यात्रा गर्ने नेताहरू त सुरक्षित होलान् तर भिडमा नारा लगाउने वा बसमा कोचाकोच गरेर ओसारिने कार्यकर्तालाई त तिनले महामारीको जोखिममा धकेलिदिएकै छन् । अर्थात्, गत वर्ष चैतमा बन्दाबन्दी (लकडाउन) सुरू गर्ने बेलामा भन्दा अहिले कोभिड-१९ को महामारीको जोखिम बढी देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संसारका धेरै मुलुकले अहिले महामारीविरुद्ध सुरक्षा सावधानी फेरि कडा बनाउन थालेका छन् । अमेरिका र युरोपेली मुलुकमा मात्र हैन चीनमा समेत कडा सावधानीका मापदण्डहरू लागू गरिएका छन् । अस्ट्रिया, जर्मनीलगायत कतिपय युरोपेली मुलुकहरूमा त चिकित्सकीय स्तरकै मास्कको प्रयोग अनिवार्य गराइएको छ भने फ्रान्सले पनि यही मापदण्ड लागू गर्नसक्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पदमा बहाली गर्नेबित्तिकै संघीय क्षेत्राधिकारभित्र मास्क प्रयोग अनिवार्य गर्ने आदेश जारी गरिसकेका छन् । ब्राजिलले रियो डी जेनेरियोमा बर्सेनि हुने विश्वविख्यात कार्निभल (जात्रा) पनि सन् २०२२ सम्मका लागि स्थगित गरेको छ । यसबाट स्पष्ट हुन्छ, कोभिड-१९ को महामारीको त्रास विश्वव्यापी छ र संसारका धेरै सरकारहरूले यसको नियन्त्रणका लागि गम्भीर प्रयास पनि गरिरहेका छन् । दुर्भाग्य, नेपालका राजनीतिक दलका नेताहरू भने अहिले महामारी फैलाउने क्रियाकलापमा संलग्न छन् । प्रतिनिधि सभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्नु आवश्यक छ तर देशभरका कार्यकर्तालाई देशकै सबैभन्दा बाक्लो जनसङ्ख्या भएको काठमाडौं उपत्यकामा ओसार्नु भने महामारीलाई निम्तो दिनु नै हो । यस्तो कार्यलाई जनताप्रति उत्तरदायी भन्न पक्कै सकिँदैन । त्यसमाथि सरकार पक्षले झन् ठूलो प्रदर्शनको धम्की दिनु त अत्यन्त आपत्तिजनक र अनुत्तरदायी अभ्यास हो । कुनै पनि नाममा नेपाली जनतालाई महामारीको भुमरीमा पार्ने काम नहोस् ।     

 

Global Ime bank

 

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC