site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
राजपा चुनावमा किन नआउने ?

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन उत्साहजनक र शान्तिपूर्णरूपमा भए । दुवै निर्वाचन गरेर ७० प्रतिशतभन्दा बढी मत खस्यो । थुप्रै देशमा निर्वाचनमा ६० प्रतिशत हाराहारीमा मत खस्छ । सन् २००९ उरुग्वेमा ९६.१ देखि २०१५ इजिप्टमा २८.३ प्रतिशत मतदान भएका उदाहरण छन् । हाम्रा करिब ५० लाख मतदाता विदेशमा छन् ।

कर्मचारी, प्रहरीलगायत निर्वाचनमै खटिएका कतिले मतदान गर्दैनन् । पेसा व्यवसायका कारण अन्यत्र भएका व्यक्ति आफ्नो नाम भएकास्थानमा जान नसक्ने पनि छन् । अमेरिकामा जस्तो ‘अर्ली भोटिङ’ अथवा युरोपमा जस्तो विदेशमा बसेकाले पनि मतदान गर्न पाउने हो भने नपालमा २० प्रतिशत बढी मतदान हुन्थ्यो । हुनत तर असोज २ का लागि तोकिएको प्रदेश नं २ को चुनावका विषयमा अभैm शंका छ । तैपनि, स्थानीय तहको तेस्रो चरणको निर्वाचनलगायत यसै वर्षमा हुने प्रदेश र संघका निर्वाचनमा उच्च सहभागिताको संकेत देखिएको छ । 


स्थानीय तहको महत्व
नागरिकका सरोकारका सबै विषयमा निकट र सार्थक सम्बन्ध राख्नेहुदाँ स्थानीय निर्वाचनको विशेष महत्व हुन्छ । स्थानीय तहमा जनप्रतिनिधि भएमा सेवा प्रवाहमा लापरवाही र ढिलासुस्ती कम हुन्छ । ‘मेकिगं डेमोक्रेसी वर्क’ पुस्तकका लेखक आर डी पुटम्यान भन्छन् – ‘केन्द्रीय सरकार जतिसुकै सबल अनि नीति जतिसुकै राम्रो भए पनि जनताले राज्यको सुविधा पाउने स्थानीय निकायबाटै हो’ । विभिन्न अनुसन्धानले राष्ट्रियभन्दा स्थानीय गतिविधिमा नागरिकको चासो र सहभागिता झन्डैै ३० प्रतिशत बढी हुनेगरेको देखाउँछ । मधेसमा पनि अधिक नागरिक निर्वाचन चाहन्छन् । आन्दोलन त मधेसमा भन्दा मेडियामा बढी भएको देखिन्छ । 

Agni Group

स्थानीय तह निर्माणसँगै केन्द्रिकृत प्रशासकीय प्रणाली संघीयमा परिवर्तन हुदैछ । अब स्थानीय तहले नै नागरिकका प्रमुख सरोकारमा बढी भूमिका खेल्छन् । दैनिक प्रशासनिक अनि दीर्घकालीन विकासका हरेक विषयमा स्थानीय तह र उसैको नेतृत्वको प्रमुख भूमिका हुन्छ । शिक्षा, स्वास्थ्व, खानेपानी, बाटो, संचारलगायत पूर्वाधारको विकासमा पनि स्थानीय तह नै जिम्मेवार रहन्छ । स्थानीय तहका प्रतिनिधिकोे अधिकार सूची र बजेटले पनि यस्तै बताउँछ । तर, मधेसका केही दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी भने अझै पनि चुनावमा भाग नलिई आन्दोलनमै जाने कुरा गर्दैछ ।

तर नागरिकले निर्वाचनबाट गरेका अपेक्षा हड्तालबाट सम्बोधन हुँदैन । प्रजातन्त्रमा नागरिक वा दललाई आफ्ना विमति राख्ने अधिकार सुरक्षित हुन्छ । तर, अरूका अधिकारलाई कुण्ठित गर्ने हक कसैलाई हुँदैन । दुईतिहाइ बढी मतदाता मतदान गर्न तयार हुँदाहुदै त्यस्को विरोध गर्नु राजनीतिक पनि हुँदैन । 

Global Ime bank

राजनीतिक दलहरूले त आफ्ना योजना र क्रार्यक्रम प्रस्तुत गर्दै चुनावमा सहभागी भएर नागरिकबाट अनुमोदन गराउनुपर्छ । वैधानिक जनमतबाट विजयी हुँदा नै दलहरूको एजेन्डा स्थापित हुन्छ । जर्मन राजनीतिशास्त्री राजनीतिशास्त्री वेबर भन्छन् – ‘राजनीतिक दलको एउटा परिचय आफ्ना कार्यक्रम लागु गर्न चुनावमा भाग लिएर नागरिक अनुमोदन माग्नु पनि हो । चुनावमै भाग नलिनेलाई राजनीतिक दल मान्नु आवश्यक हुँदैन’ । 

नागरिक निर्वाचनको विपक्षमा भए निर्वाचन स्वतः असफल हुन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय निर्वाचन यसको उदाहरण हो । तर, निर्वाचनमा नागरिकको सदाशय र अपेक्षा रहँदारहँदै बन्द र बहिष्कार रोज्दा भने बंगलादेशमा बेगम खालिदा जियाको पार्टी जस्तै राजनीतिबाटै बर्हिगमन हुनसक्छ । 

सम्भावित जोखिम र व्यवस्थित बाटो
 

राजपा पनि आफ्ना विषय र मुद्दा लिएर जनतामाझ जानुपर्छ । स्थानीय मधेसीका सशक्तीकरणको मुद्दा उठाउनुपर्छ । अन्य समूहलाई पनि विश्वासमा लिनुपर्छ । पहिचानको आवरणमा प्रतिशोधका भावना जन्मने खतराबाट सचेत हुनुपर्छ । आफ्नो कार्यसूची नागरिकलाई स्वीकार्य बनाई विजयी भएर देखाउनुपर्छ । अधिकांश नागरिकले निर्वाचनका पक्षमा हुँदा पन िबहिष्कारको बखेडा निकाल्दा अस्तित्व संकटमा पर्न पुग्छ । 

मधेसमा विकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण, सामाजिक दमन र हिंसाको अन्त्य तथा बेरोजगारी व्यवस्थापनजस्ता मामिलामा ठोस कार्ययोजना बनाउनुपर्छ । ती कुरा कार्यन्वयन गर्न स्थानीय सरकारको जिम्मा हामीलाई दिनुस् भनेर जनतालाई बुझाउनुपर्छ । स्थानीय तहमा राम्रो काम गरे प्रदेश र राष्ट्रिय निर्वाचनमा समेत नागरिकले भारी मत दिनेछन् । निर्वाचनलाई आफ्नो पक्षमा जनमत भएको प्रमाण देखाउने मौकाको रुपमा प्रयोग गर्नु वुद्घिमानी हुन्छ । त्यसैले आफ्ना माग अनुमोदन गराउनसमेत राजपा अब चुनावमा आउनुपर्छ  । 


सहप्राध्यापक, काठमाडौं स्कुल अफ ल
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २२, २०७४  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC