site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौँ पक्राउ
Sarbottam CementSarbottam Cement

मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ ।

रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।

शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ ।

Global Ime bank

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिनापहिले रुसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउने क्रममा अकस्मात् बिरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो । पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उनलाई गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको जर्मन ल्याबहरूले दाबी गरेका छन् ।

करिब पाँच महिनाको जर्मनी बसाइ र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत गत हप्ता रुसी राजधानी मस्को फिर्ता भएका थिए । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रणकक्षबाट प्रहरीले हिरासतमा लिएको छ । रासस/एएफपी

तस्बीरः एएफपी ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ००:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC