site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिएसँगै नेपालमा खोपबारे चर्चा बढेको छ । खासगरी भारतले प्रदान गरेको कोभिसिल्ड खोप नेपाली नागरिकका लागि कति प्रभावकारी हुन्छ भन्नेमा यतिखेर सबैको चासो छ ।

भारत सरकारको तर्फबाट बिहीबार कोभिसिल्ड खोप नेपाललगायत चारवटा मुलुकलाई एकैपटक अनुदानमा उपलब्ध गराइएको थियो । भारतले नेपाललाई १० लाख डोज, बंगलादेशलाई २० लाख डोज, भुटानलाई दुई लाख ५० हजार र माल्दिभ्सलाई एक लाख डोज खोप प्रदान गरेको हो । म्यानमार र सेल्ससलाई पनि यो खोप चाँडै उपलब्ध गराउने भारतको योजना रहेको जनाइएको छ ।

कस्तो हो कोभिसिल्ड खोप ?
कोभिसिल्ड खोप अक्सफोर्ड युनिभर्सिटीले ब्रिटिस स्विडिस कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा सिरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरेको खोप हो । यसलाई २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्न सकिन्छ । कोभिसिल्डको अन्तिम चरणको परीक्षण गत डिसेम्बमा भारतका एक हजार ६०० स्वास्थ्य स्वयंसेवकमा गरिएको थियो । अन्तिम चरणको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएपछि बेलायतले ३० डिसेम्बरमा यसलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको थियो । त्यसयता ब्राजिल, मेक्सिकोलगायत देशमा यो खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिइएको छ । नेपालमा कोभिसिल्ड खोपलाई १५ जनवरीमा आपत्‌कालीन प्रयोगको अनुमति दिइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतले आफ्ना नागरिकलाई १६ जनवरीदेखि अस्ट्राजेनिका कम्पनीकै उत्पादन कोभ्याक्सिन र कोभिसिल्ड खोप दिँदै आएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबारसम्म त्यहाँका ६ लाख ३१ हजार ४१७ स्वास्थ्यकर्मीलाई खोप दिइएको छ ।

 

Global Ime bank

कसरी काम गर्छ कोरोनाविरुद्धको खोपले ?
संक्रमणविरुद्धको कुनै पनि खोपले मानिसको शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । यसरी खोपमार्फत विकास भएको प्रतिरोधी क्षमता शरीरमा आफैँ उत्पादन भएको क्षमताजस्तै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार लामो समय संक्रमण हुनसक्ने रोगका लागि बाहिरी माध्यमबाट प्रतिरोधी क्षमता विकास गर्न मानिसको शरीरलाई कहिलेकाहीँ धेरै समय लाग्नसक्छ । त्यसैले पनि कोभिड-१९ विरुद्धको अधिकांश खोप दुई डोज लगाउनुपर्ने हिसाबले विकास भएका छन् । यसरी पहिलो र दोस्रो डोज खोप दिँदाको अन्तरालमा त्यसले शरीरमा परिरहेको प्रभाव मूल्यांकन गर्नसमेत सजिलो हुन्छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “खोप दिएको केही समयपछि मानिसको शरीररले प्राकृतिक रुपमै प्रतिरोधी क्षमता विकास गर्न थाल्छ । कति समयमा उत्पादन गर्छ भन्ने कुरा व्यक्तिमा भर पर्छ । सामान्यत: कोभिड–१९ संक्रमण भएका व्यक्तिहरुमा ढिलोमा पाँच महिनापछि प्रतिरोधी क्षमता विकास भएको पाइएको छ । अहिले प्रयोगमा आइरहेका कोभिड–१९ विरुद्धका खोपले कति समयसम्म काम गर्छ भन्ने अहिलेसम्म कसैले यकिन गर्न सकेको छैन । यद्यपि, खोप लगाएपछि तत्कालै रोग लाग्नबाट भने बच्न सकिन्छ ।” डा. पुनका अनुसार एकपटक कोभिड संक्रमण भइसकेका व्यक्तिहरुलाई पनि यो खोप लगाउनुपर्छ ।

ढुक्क भएर खोप लगाऔँ
नेपालमा आएको कोभिसिल्ड खोपको प्रभावकारिता ‘इफिकेसी’ ७० प्रतिशतसम्म भएको प्रमाणित भइसकेको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेका अनुसार भारतबाट आएको कोभिसिल्ड खोप नयाँ प्रजातिको भाइरस यूके भेरियन्टलाई समेत रोकथाम गर्नसक्ने क्षमताको छ । यसको इफिकेसी र विकसित देशहरुमा प्रयोग भइरहेको आधारमा पनि कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC