site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने 
Sarbottam CementSarbottam Cement

बीबीसी । चिनियाँ उद्धार टोलीले जमिनमुनि सयौँ मिटर तलको सुरुङमा फसेका कामदारहरुलाई बाहिर निकाल्न अझै दुई हप्ता लाग्न सक्ने बताएको छ ।

चीनको सानदोङ प्रान्तस्थित सुन खानीमा १० जनवरीमा एक ठूलो विस्फोटपछि प्रवेशद्वार बन्द भएको थियो । जसमा सरकारी निकायले एक हप्तापछि मात्र भित्र फसेका ११ कामदारहरुसँग सम्पर्क गर्न सकेको थियो । यसबीच एकजनाको मृत्यु भइकेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्धारकर्मीहरुले भित्र बाँचेका कामदारहरुलाई ड्रिल गरी ससाना प्वालबाट खाना र औषधिहरु दिइरहेका छन् । विस्फोटको कारण भने अझै खुलेको छैन । भित्र फसेका समूहसँग कुरा गर्दा उनीहरुले आफूभन्दा तल फसेका एकजना कामदारसँग पनि सम्पर्क गर्दै आएको तर अहिले भने केही खबर नभएको बताएका हुन् । कामदारहरु सतहभन्दा धेरै तल फसेको हुनाले पनि निकाल्नमा कठिनाइ भइरहेको बताइएको छ । यससँगै अर्को समस्या भनेको उनीहरु फसेको ठाउँमा पानीको बहाव रोकिए डुब्ने जोखिम पनि रहेको छ ।

यिनै विभिन्न अवरोधका कारण सबैलाई सकुसल बाहिर निकाल्न कम्तीमा पनि अर्को १५ दिन लाग्ने लोकल पब्लिसिटी विभागका प्रमुख गोङ हैताओले बताए । विस्फोटको एक हप्तासम्म मानिसहरु जीवित हुनसक्ने कुनै संकेत थिएन । तर, गएको आइतबार उद्धारकर्मीहरुले तल झारिएको डोरीमध्ये एउटालाई कसैले तानिरहेको महसुस गरेका थिए । त्यसपछि भित्र फसेका कामदारहरुले एउटा पेपेर नोट पठाउँदै १२ जना त्यहाँभित्र फसेको जानकारी दिएका हुन् । उनीहरुमध्ये एकजना अझ तल फसेको पनि यसपछि पत्ता लागेको हो । ११ मध्ये पनि एकजनाको टाउकोमा चोट लाग्दा उनी कोमामा पुगेका थिए । जसलाई बिहीबार मृत घोषित गरिएको छ ।

Global Ime bank

चीनमा खानी दुर्घटना असामान्य मानिँदैन । गत वर्षको डिसेम्बरमा पनि चीनमा कार्बन मोनोअक्साइड लिक भएपछि कोइला खानीका २३ कामदारको मृत्यु भएको थियो । कार्बन मोनोअक्साइडकै कारण सेप्टेम्बरमा अर्का १६ खानी कामदारहरुको पनि मृत्यु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC