site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको चेतावनी- छोएर त देखाऊ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । संसद् विघटनविरुद्ध संघर्षरत नेकपाले राजधानीको विभिन्न नौ स्थानबाट जुलुस निकाल्यो । प्रदर्शनीमार्गअघि कोणसभामा परिणत भएको थियो । 

जुलुसले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको थियो । कार्यक्रम सञ्चालक तथा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार गृह मन्त्रालयले ड्रोनमार्फत कार्यक्रम खिचेको थियो । नेकपाले आज एक लाख जनता सडकमा उतार्ने उद्घोष गरेको थियो । सोहीअनुसार जनता सडकमा उपस्थित भएको नेकपाका नेताहरु बताउँछन् । 
जुलुसपछिको कार्यक्रमलाई स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल र अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गरे ।

प्रचण्ड-नेपालको निष्कर्ष आत्मालोचना गर्नुपर्छ
सम्बोधनका क्रममा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिए । तथापि अध्यक्षद्व प्रचण्ड-नेपालले ओलीलाई मात्रै गाली गरेर नहुने र आत्मसमीक्षा गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रचण्डले ओलीलाई सुधार्न नसकिएको भन्दै कार्यक्रममै आत्मालोचनासमेत गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"अब केपी ओलीलाई मात्रै दोष दिएर हामी चोखै हुन्छजस्तो लागेको छैन । म तपाईंहरु माझ जनसमुदायलाई साक्षी राखेर भन्न चाहन्छु भने केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने उनको जस्तो काम गर्न दिएर त्यस्तो खालको भूल गर्ने छैनौं," प्रचण्डले भने ।

संसद् विघटनविरुद्ध नेकपाको शक्ति प्रदर्शन 

कार्यक्रममा अर्का अध्यक्ष नेपालले पनि आफूहरुबाट भएको त्रुटि समीक्षा गर्नु आवश्यक रहेको बताए । "सुरुदेखि उहाँका व्यवहार आपतिजनक थिए । सुध्रिन्छन् कि भनेर कोसिस गर्‍यौं । तर, सुध्रिएनन् । हामीले आफ्नो तर्फबाट कति प्रयास अझै गर्नुपर्थ्यो । पर्दैनथ्यो। कुन ठाउँमा त्रुटि भयो । त्यो समीक्षा गर्नुपर्दछ ।"

Global Ime bank

नेपालले आफूलाई गणतन्त्रविरोधी मान्छेलाई प्रधानमन्त्री बनाएको भन्ने दोष दिने गरेको बताए । उनले भने, "त्यो गल्तीलाई म स्वीकार गरौंला । मैले सुधार्ने प्रयास गरेको हुँ समीक्षा गरौंला ।"

प्रचण्डको चेतावनी- छोएर त देखाऊ
प्रधानमन्त्री केपी शर्मा ओली निकटहरुले प्रतिनिधिसभा विघटनविरुद्को प्रदर्शनमा सहभागी हुन चाहने कर्मचारी, पेसाकर्मीहरुलाई रोकेको बताए । उनले नरोक्न चेतावनी पनि दिए ।

"प्रदर्शनमा सहभागी हुने पेसाकर्म, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले । अनि कारबाही गर्ने भनेर धक्की दिएको सुनेँ । व्यवसायीहरुको रेकर्ड राख्ने रे । छोएर त देखाऊ," उनको चेतावनी थियो ।

कालीबहादुर खामप्रति कटाक्ष- आमाको दूध चुसेर भएन, बाबुको घुँडो
केहीअघिको एक कार्यक्रममा ओलीले जनयुद्धका कमान्डर कालीबहादुर खाम खोइ ? भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ प्रचण्डले दिए । पछिल्लोपटक कालीबहादुरलाई ओलीले पार्टीको काममा खटाएको चर्चासमेत चलेको थियो । 

नेकपाको विरोधसभाले सडक अस्तव्यस्त, हिँडेरै मैदान पुगे खेलाडी !

"कालीबहादुर खाम खोइ अरे ? त्यो कालीबहादुर विचरा आफैँले केही गरेको त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भनेर १०-११ वर्षदेखि लगातार लागेको छु । अहिले त कालीबहादुर तपाईंलाई त प्रचण्डले हेर्दैन । जनमुक्ति सेनाका कमान्डरलाई," प्रचण्डले भने, "जसलाई मैले १० वर्ष हुर्काएर, माया गरेर एउटा ठाउँमा पुर्‍याएको ती मान्छेको अब केपीले संरक्षण गर्ने रे । आमाको दूध चुसेर भएन बाबुको घुँडो । योभन्दा लाजमर्दो अरु हुन्छ ?"

घनश्यामले भनेको भन्यै- 'कमरेड ओली'
नेकपाका नेताहरुले ओली अब कम्युनिस्ट नरहेको टिप्पणी गरिरहेका छन् । उनी अब कमरेड नभन्ने भन्दै नेताहरु भाषण गरिरहेका छन् । तर, कार्यक्रममा बोलेका भुसालले भने भाषणमा 'कमरेड ओली' धेरैपटक प्रयोग गरे । उनले ओली निकटहरुलाई ‘ओलीका साइबर स्याल’ को संज्ञा दिए । ओली साइबर स्यालका नेताहरु भएको टिप्पणीसमेत गरे । 

ओली भन्छन्- साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा ?

ओलीले फर्काए जवाफ- २३ गते देखाइदिन्छौं
प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदशर्नको विषयमा ओलीले आजै टिप्पणी गर्न भ्याए । उनले साँघुरा गल्लीमा ५-७ हजार भेला उत्साहित भएको भन्दै कटाक्षसमेत गरे । प्रधानमन्त्रीले माघ २३ गते राजधानीमा जनप्रदर्शन देखाउनेसमेत बताए । प्रचण्ड-नेपाल पक्षले पनि सोही दिन प्रदर्शन गर्ने उद्घोष यसअघि नै गरिसकेको छ । "आमसभा भन्ने कुरा २३ गते काठमाडौंमा हेर्नुहोला । हामी २३ गते जन-परिचालनको झलक दिन्छौं, कास्टिङ गर्छौं । २३ गते हामी देखाइदिन्छौं," उनले बताए । 


No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
-तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC