site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला लिगमा पुलिसको फराकिलो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा पुलिसले उदयपुरको चौदन्डीगढी नगरपालिकालाई ६–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन रेखा पौडेल र सिर्जना खड्काले २/२ गोल गरे । यस्तै, अमृता जैशी र निर्मला विकले एक/एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २८औँ मिनेटमा रेखाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ४०औँ मिनेटमा अमृताको गोलसँगै पुलिसले अग्रता दोब्बर पार्‍यो । ४५औँ मिनेटमा सिर्जनाले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिसले ४–० को अग्रता बनायो ।

८९औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले ५–० को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६–० को जित दिलाइन् ।

Global Ime bank

जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित चौदन्डगढी पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC