site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मतीको रोमाञ्चक जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा वाग्मतीले प्रदेश दुईलाई ६ विकेटको पराजित गरेको हो । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश २ ले वाग्मती प्रदेशलाई जितका लागि दिएको १८० रनको लक्ष्य वाग्मतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वाग्मतीका लागि पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । ७५ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै बिभस्तु थापाले ४७ रन बनाउँदा आकाश थापाले ३२ रन बनाए ।
 
बलिङतर्फ प्रदेश २ का लागि हरिकृष्ण शाहले दुई विकेट लिँदा विशाल सुसालिङ र कुमार थापाले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो । 

प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाए । 

Global Ime bank

त्यस्तै कुमार थापाले २२ रन बनाउँदा राहुलप्रताप सिंहले १८ रनको योगदान गरे ।  बलिङतर्फ वाग्मती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन ओभर सहित २९ रन खर्चे ।

त्यस्तै रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक-एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC