site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनद्वारा प्रतिघण्टा ६२० किलोमिटरको गतिमा गुड्ने रेलको ‘प्रोटोटाइप’ सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनले सार्वजनिक गरेको नयाँ ‘हाइ स्पीड’ ड्युन रेलको ‘प्रोटोटाइप’ सार्वजनिक गरेको छ । जुन प्रतिघण्टा ६२० किलोमिटरको गतिमा गुड्ने बताइएको छ ।

यो रेल हाइ–टेम्परेचर सुपरकन्डक्टिङ (एचटीएस) पावरबाट सञ्चालन हुने हुँदा चुम्बकीय ट्रयाकमा चलेजस्तो देखिनेछ । २१ मिटर लम्बाइको सो प्रोटोटाइप सिचुआनस्थित छेङ्दु प्रान्तमा मिडियासामु सार्वजानिक गरिएको हो ।

Agni Group

‘सिन्ह्वा’का अनुसार युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यसका लागि १६५ मिटरको ट्रयाक पनि निर्माण गरेका छन् । जसले रेल ट्रान्जिटमा कस्तो देखिनेछ र कस्तो महसुस हुनेछ भनेर प्रस्तुत गर्ने बताइएको छ ।

प्रोटोटाइपमा काम गरेका ‘साउथवेस्ट जिआतोङ युनिभर्सिटी’का उपाध्यक्ष प्रोफेसर हे चुआनले रिपोर्टरहरुसँग बताएअनुसार यो रेल तीनदेखि १० वर्षभित्रमा सञ्चालनमा आइसक्ने छ । उनले भने, “सिचुआन दुर्लभ धातुयुक्त स्रोत–साधनहरुमा एकदमै धनी छ, जुन चुम्बकीय ट्रयाकको निर्माणमा अधिक लाभदायी साबित हुन सक्छ र यसले तीव्रताका साथ अघि बढाइएका विकासमुखी अनुसन्धानहरुको समेत प्रचार गर्नेछ ।”

Global Ime bank

अहिले नै चीनसँग विश्वको सबैभन्दा ठूलो ‘हाइ स्पीड’ रेल नेटवर्क रहेको छ, जुन ३७ हजार किलोमिटरसम्म फैलिएको छ । सांघाईको ड्युन रेल सबैभन्दा तीव्र गतिमा सञ्चालित व्यावसायिक रेल हो । यो देशकै पहिलो हाइ स्पीड ड्युन रेल हो । जुन सन् २००३ देखि प्रयोग गर्न थालिएको थियो । यसको गति ४३१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

गत वर्ष यसै समयमा चीनले १७४ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने नयाँ रेल सार्वजनिक गरेको थियो । जसले सो रेलवे लाइनलाई २०२२ को ‘विन्टर ओलम्पिक्स’ सहर जाङजिआकोउसँग जोड्छ र दुई–तीन घण्टा लाग्ने दूरीलाई ४७ मिनेटमै पार गराउन सक्छ ।

यसै महिनाको सुरुवातमा चीनले ‘बरफिलो तापमान’मा समेत चलाउन सकिने डिजाइनको नयाँ बुलेट ट्रेन पनि सुरु गरेको छ । ‘सीआर४००एफ–जी’ नामक सो रेल माइनस ४० डिग्रीसम्मको तापक्रममा पनि ३५० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्ने बताइएको छ । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC